गृहपृष्ठ खबर मिठाई बनाउने तालिमको वाणगंगा न.पा ९ भलवाडमा सम्उदघाटन

मिठाई बनाउने तालिमको वाणगंगा न.पा ९ भलवाडमा सम्उदघाटन

प्रकाशित मिति:

मिठाई बनाउने तालिमको वाणगंगा न.पा ९ भलवाडमा सम्उदघाटन
वैखरी ,कपिलवस्तु नवराज बेल्वासे पौष १८ ,


मानव अधिकारका लागि एकल महिला भलवाडको पहल वाणगंगा नगरपालिका वडा नम्बर ९ को आयोजनामा आज एक कार्यक्रमका विच ७ दिने मुल्य श्रृंखलामा आधारित मिठाई बनाउने तालिमको उद्घाटन गरिएको छ । मानव अधिकारका लागि एकल महिला संघ भलवाडकी अध्यक्ष निम कुमारी थापाको अध्यक्षता , वाणगंगा न.पा ९ का वडा अध्यक्ष धुर्व्र बेल्वासेको प्रमुख आतिथ्यता , वाणगंगा नगरपालिका साखा अधिकृत लेख बहादुर खत्रीको विशिष्ट आतिथ्यता , वडा सदस्यहरु नुमलाल थारु , भिम वहादुर पुन, लगायत स्वास्थ संयोजक जित विकाश रायमाझी , एकल महिला संघ जिल्ला अध्यक्ष रुपा गुरुङ लगायताको आतिथ्यतामा मानव अधिकारका लागि एकल महिला समुह कपिलवस्तु र बा.न.पा.९ भलवाड को सहयोगमा आज बा.न.पा.९ जिनुवामा ७ दिने मिठाई बनाउने तालिमको उदघाटन भएको छ । एकल महिलालाई जिविकोपार्जन सहज बनाउने उदेश्यका साथ गरिएको यो कार्यक्रमले सवैलाई लाभ पुग्ने कुरा एकल महिला संघ जिल्ला अध्यक्ष अतिथी रुपा गुरुङ र अध्यक्ष धुर्व्र बेल्वासेले वैखरी लाई जानकारी गराउनु भयो ।

सम्बन्धित् समाचार