गृहपृष्ठ खबर गरिवि न्युनिकरणमा सामुदायिक बन आवश्यक

गरिवि न्युनिकरणमा सामुदायिक बन आवश्यक

प्रकाशित मिति:

गरिवि न्युनिकरणका लागी सामुदायिक बन आवश्यक रहेको एक कार्यक्रममा बोल्ने सरोकारवालाले जोड दिएका छन । बैजलपुर जनकल्याण सामुदायिक बनको सातौ बार्षिक साधारण सभामा बोल्ने बतmाले सामुदायिक बनको आम्दानी गरिवि न्युनिकरणमा लगाए धेरै फाइदा हुनेमा उनीहरुले जोड दिएका हुन । जिल्ला बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद पौडेल, ईलाका बन कार्यालय पिपराका खिल बहादुर तामाङ, वडा नः २ का अध्यक्ष बिष्णु पौडेलले सो कुरामा जोड दिएका हुन । सामुदायिक बनको आम्दानीको केही प्रतिशत रकम गरिवि न्युनिकरणमा लगाउने निति अनुसार राम्रोसगं काम गरेमा गरिवि न्युनिकरण हुने उनीहरुको भनाई रहेको थियो । कार्यक्रममा पुर्वसासंद भागवत ज्ञवाली, बनका अध्यक्ष सत्य नारायण चौधरी, कोषाध्यक्ष रेम बहादुर रेश्मी लगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा २ सय बढिको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार