गृहपृष्ठ जीवन शैली यसरी गर्नुहोस् मौसम परिवर्तन सँगै अनुहारको उचित स्याहार

यसरी गर्नुहोस् मौसम परिवर्तन सँगै अनुहारको उचित स्याहार

मौसम परिवर्तन हुँदैछ, यो मैसममा छालाको उचित स्याहार गरेन भने छाला बिग्रन्छ र सुन्दरतामा कमि आउन सक्छ । यो हावाहुरी धेरै हुने मौसम भएकोले छालालाई स्वस्थ र सुन्दरता विग्रिन सक्छ । यो मौसममा छालालाई स्वस्थ र सुन्दर राख्न यी उपहायहरु अपनाउन सकिन्छ ।

मौसम परिवर्तनका कारण हावा धेरै चल्ने भएकाले छाला सुख्खा हुनुका साथै फुट्ने समस्यासमेत सिर्जना हुन्छ ।

छाला सफा राख्नुपर्छ । नियमित रुपमा नुहाउनुपर्छ ।

छाला सुख्खा हुन तथा फुट्न नदिन समय–समयमा मोस्चराइजर युक्त क्रिम लगाउनुपर्छ ।

राति सुत्नुअघि क्लिनजिङ क्रिमले अनुहार सफा गरेर आफ्नो स्किनअनुसार नाइट क्रिम प्रयोग गर्नुपर्छ ।

हरेक पटक अनुहार धोएपछि मोस्चराइजरयुक्त क्रिम लगाउँदा छाला नरम रहन्छ । घाममा निस्कनुभन्दा आधा घण्टाअघि सन स्किन क्रिम लगाउनुपर्छ ।

सुख्खा स्किन भएकाहरूले चिल्लो तथा चिल्लो स्किन भएकाहरूले सामान्य किसिमको क्रिम प्रयोग गर्नुपर्छ ।

सम्बन्धित् समाचार