प्रेमिसंग मिलेर आफ्नै श्रीमान धन बहादुर घर्तीको हत्या गरि बोरामा कुटुरो पारेर डिभर्ना जङ्गलमा फाल्ने कपिलवस्तुकी राधा घर्ती र उनका प्रेमी रमेश वि.क.लाई जिल्ला अदालत अर्घाखाँचीले जन्म कैदको फैसला सुनाएको छ । घटनामा संलग्न राधाकी आमा बसुन्धरा बस्याललाई ५० हजार जरिवानाको फैसला सुनाएको छ । गत भदौ १८ गते सन्धिखर्क नगरपालिका–१२ बस्यालटोला नजिकै बोरामा फालेको अबस्थामा भेटिएको शबको पहिचान भएको थियो ।
सन्धिखर्क १२ बस्याल टोलाको चिलीयाथुम खोल्सामा भेटिएको शब कपिलबस्तु वाणगंगा नगरपालिका वाड नम्वर ७ धैरेनीडाडाका ३६ बर्षिय धनबहादुर घर्ती मगरको रहेको पुष्टी भएको थियो ।वेवारिसे शब भेट्टिएको २ दिन पछि कपिलवस्तुको बाँणगंगा ७ धैरेनीडाँडा बस्ने ३६ बर्षको धनबहादुरको हुन सक्ने भन्दै मंगलबार राती श्रीमती राधा घर्ती मगर जिल्ला अस्पतालमा आएर शब हेरिन । शब हेरेपछि मेरो श्रीमानको शब हैन भनेर राधा फर्किइन । प्रहरीले फेरि राधालाइ जिल्ला प्रहरी कार्यलयमा बोलायो । शबको बारेमा फेरि अनुसन्धान सुरु गर्यो । प्रहरी संग राधाले आफ्नो श्रीमानले घडी नलगाउने, कपाल अर्कै रहेको भनेर प्रहरी संग झुटो विवरण बताएकी थिईन । प्रहरीलाइ शंका लाग्यो र हिरासतमा राखेर अनुसन्धान गर्दा उनले आफ्नो प्रेमीले हत्या गरेको खुलासा गरिकी थिईन । हत्या गरेर बोरामा बानेर फालेको उनले स्विकार गरिकी थिईन ।
कपिलवस्तु बाँणगंगा ७ धैरेनीडाँडा निबासी ३३ बर्षिय राधा घर्तिमगरको श्रीमान ३६ बर्षका धन बहादुर घर्तिमगर कामको सिलसिलामा बागलुङ गएका थिए । त्यहि मौका छोपी भदौ १० गते राधाका प्रेमी रुकुम घर बताउने रमेश विक बिदेशबाट राधाको घरमा आए । उनी राधा संगै घरमा तीन दिन संगै बसे । राधा , राधाकी आमा र रमेश तीन जना भएर कपिलवस्तु बाट अर्घाखाँचीको यात्रा तय गरे । सन्धिखर्क बाट ट्याक्सी चढेर राधाको माइती सन्धिखर्क नगरपालिका वाड नम्वर १२ डिभर्नाको बस्याल टोला पुगे । उता दशैमा आउँछु भनेर बागलुङ गएका राधिकाका श्रीमान धन बहादुर घर्तिमगर अचानक घर आए । घरमा श्रीमतीलाइ देखेनन । श्रीमती नदेखेपछि फोन गरे । फोनमा किन नभनि माइति गएको भनेर कुराकानी भयो । कुराकानीकै क्रममा वादविवाद भयो । त आउने कि म आम भनेर चर्काचर्की भयो । राधाले तपाई आउन पर्दैन । भाडा छैन । म भोलि आउछु भनेर भनिन । त्यतिकैमा कुराकानी सकियो ।धनबहादुर एक्कासी १३ गते साझनै ससुराली डिभर्ना आइपुगे । सुरुरालीमा श्रीमतीले अर्कै मान्छे लिएर आएको देखेपछि उनीहरु विच भनाभन सुरु भयो । भनाभन पछिको उग्र रुपले धनबहादुरको हत्या भयो । हत्या गरेर बोरामा बाधेर जंगलमा फालेको प्रहरी अनुसन्धानमा राधा र उनको माइती परिवारले स्विकारेका थिए ।