गृहपृष्ठ खबर देवचुलीको पर्यटन प्रवद्धनका लागी दोश्रो देवचुली महोत्सव

देवचुलीको पर्यटन प्रवद्धनका लागी दोश्रो देवचुली महोत्सव

प्रकाशित मिति:

नवलपुरको देवचुली नगरपालिकाको पर्यापर्यटन,उधोग व्यवसाय र सांस्कृतिक विविधताको विकास र प्रवर्धनका लागी दोश्रो देवचुली महोत्सव आयोजना गरिने भएको छ। “उधोग,व्यापार,कृषि र पर्यटनको समन्वय, सम्वृद र समुन्नत नगरको उदय“भन्ने नाराका साथ सो महोत्सव आयोजना गर्न लागिएको हो । महोत्सव फाल्गुन ९ गते देखि २० गते सम्म सन्चालन हुने बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको छ । देवचुली उधोग बाणिज्य संघको नवनिर्मित भवनमा आयोजित पत्रकार सम्मेलनको प्रमुख आतित्यथा देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो । महोत्सवका बारेमा पत्रकारहरुलाई जानकारी दिंदै देवचुली उधोग बाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटाले देवचुलीको उधोग व्यवसाय मात्र नभई समग्र बिकास नै महोत्सवको लक्ष्य रहेको बताउनु भयो । यसै गरि प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले देवचुलीको सम्वृद्धिको लागी सदैब नगरपालिका तयार रहेको र देवचुली डाँडामा पर्यटन बिकासका लागी बिभिन्न तहबाट काम भैरहेको बताउनुभयो । १२ दिन सम्म चल्ने महोत्सवमा नवलपरासी जिल्लाको आर्थिक र सामाजिक उत्थानका लागी शिक्षा,स्वास्थ्य,कृषि,पर्यटन,ब्यापार लगायतका क्षेत्रको प्रवर्धनमा टेवा पर्याउने,करिब एक लाख पचास हजार दर्शकले महोत्सव अवलोकन गर्ने र करिब १५ करोडको आर्थिक कारोबार गर्ने लक्ष्य लिईएको छ । महोत्सवमा स्थानीयस्तर उत्पादित वस्तुको बजार प्रवर्धन,औधोगिक एवम् दैनिक उपभोग्य वस्तु तथा कृषि र हस्तकलाका सामानहरु जनसमक्ष पहिचान,कला साहित्य र संस्कृतिको प्रचारप्रसार लगायतका लक्ष्य महोत्सवले लिएको छ । महोत्सवमा हात्ती,उँट घोडा सवारी,बाल उधान,कृषि प्रदर्शनी, संग्राहलय प्रदर्शनी, बिज्ञान प्रदर्शनी,बिभिन्न जातीय पहिचान झल्किने घर र सामाग्री प्रदर्शनी साथै ५ दर्जन भन्दा बढी रास्ट्रिय र स्थानीय कलाकारको प्रस्तुति मुख्य आकर्षणका रुपमा रहनेछन । महोत्सवमा करिव २०० ब्यापारिक स्टल रहनेछन । महोत्सव प्रवेशका लागी साधारण ५० रुपैंया,बिधार्थीका लागी ३० रुपैंया र रातो कार्ड भएका अपांगता भएका व्यक्ति र ५ बर्ष मुनिका बच्चालाई निशुल्क गरिएको छ । देवचुली उधोग बाणिज्य संघले प्रथमपटक २०७३ फाल्गुन ६ देखि १६ सम्म प्रथम एतिहासिक देवचुली महोत्सव आयोजना गरेको थियो । दोश्रो देवचुली महोत्सव देवचुली नगरपालिका वडा नं ३ स्थित शाश्वतधामको पश्चिम पट्टिको भागमा आयोजना हुनेछ ।

सम्बन्धित् समाचार