गृहपृष्ठ खबर वैजलपुर जनकल्याण वनद्धारा वालवालिकालाई न्यानो कपडा वितरण

वैजलपुर जनकल्याण वनद्धारा वालवालिकालाई न्यानो कपडा वितरण

वैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समितीले पंच आधारभूत बिधालय वैजलपुर कपिलवस्तुका विद्यार्थीहरु जाडोको लुगा बितरण गरेको छ । चिसो बढेसंगै विद्यार्थिहरुलाई अप्ठ्यारे परेको महसुस भएकोले ट्रयाक सुट वितरण गरिएको वन समितीले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रदेश ५ का प्रदेश सांसद विष्णु पन्थिले विद्यलयले पनि शिक्षा क्षेत्रमा राम्रो काम गरेको र वालवालिकाहरुको समस्यालाई महसुस गरि उक्त न्यानो कपडा वितरण गरेकोमा वैजलपुर जनकल्याण वनलाई धन्यवाद ज्ञापन गरे । उनले शिक्षाले गर्दा देशनै विकासीत हुने भएकाले वालवालिकाको शैक्षिक तथा उनिहरुको स्वास्थ्यमा पनि ध्यान दिनुपर्ने बताए । उनले उक्त कार्य प्रशंसनिय भएको बताउँदै प्रदेशको तर्फबाट उक्त विद्यालय तथा वनलाई सहयोग गर्न सदैव आफु तयार रहेको बताए ।

त्यस्तै विद्यालयका प्रधानाध्यापक जगतराज रेग्मीले उक्त कार्यप्रति वन समितीका सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्नुभयो । त्यस्तै वडा नं. २ का वडाअध्यक्ष एवं नगर प्रवक्ता विष्णु पौडेलले पनि वन समितीले उदाहरणिय कार्य गरेको र वडाको तर्फबाट गर्ने सहयोग गर्ने बताए । न्यानो कपडा वितरण पछि विद्यार्थिहरुले खुसि ब्यक्त गर्दै वनलाई धन्यवाद ज्ञापन गरेका थिए । विद्यालय ब्यबस्थापन समितीका अध्यक्ष सुमित्रा परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षिका पुनम झेडिको स्वागत मन्तब्य तथा शिक्षिका सुजाता रेग्मीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

सम्बन्धित् समाचार