गृहपृष्ठ खबर वाणगंगा ९ भलवाडमा पहिलो पटक माघी (खिचडी ) महोत्सव हुने

वाणगंगा ९ भलवाडमा पहिलो पटक माघी (खिचडी ) महोत्सव हुने

प्रकाशित मिति:

पौष -२० कपिलवस्तु सक्रान्ति तथा माघी (खिचडी ) महोत्सव  आयोजना हुने थारु कल्याणकारी भलवाड तथा नेपाल मगर संघ भलवाडले जनाइएको छ ।नेपाल धर्म सँस्कृतिले भरिएको देश यसैमाथि विभिन्न मेलाम महोत्सवको आयोजनाले नेपाली मात्र होइन विदेशी पनि रमाइने गरेको पाइन्छ ।

यसै विचमा कपिलवस्तु जिल्ला वाणगंगा ९ भलवाडमा पहिलो पटक माघि महोत्सव हुने भएको छ । “सँस्कार , सँस्कृती हाम्रो पहिचान संरक्षण र सम्बर्धन अभियान ” भन्ने मुल नाराका साथ माघे सक्रान्तिको अवसर पारेर यसै क्षेत्रमा छरिएका गुरुङ , थारु , मगरलाइ संरक्षण र जातिय भाईचराको सम्बन्ध मजबुद बानाउन महोत्सव आयोजना गरिएको हो । महोत्सवको विशेषता विभिन्न जातिको खानाका परिकार , स्थानिय कलाकारको प्रस्तुतीले पनि महोत्सव सफल हुने बताईएको छ । वाणगंगा ९ को वडा कार्यालयले छुटाएको बजेट अनुसार कार्यक्रम आयोजना गरिएको हो । महोत्सव पहिलो वर्ष भएकोले एक दिन मात्र महोत्सव पौष २८ गते वाणगंगा नगरपालिका ९ जिनुवाको खेल मैदानमा हुने जनाइएको छ । महोत्सवले जातिय द्धन्द अन्तय गदैँ सबै धर्म , सँस्कृतिको सम्मान गर्न सिकाउने आशा राखिएको थारु कल्याणकारिणी सभा ईकाइ समितका सभापति नुमलाल थारु तथा नेपाल मगर संघ भलवाडका अध्यक्ष निम बहादुर मगरले जानकारी दिनु भयो ।

सम्बन्धित् समाचार