हुलाक कार्यालयमा स्तनपान कक्ष
सल्यानमा पहिलोपटक सरकारी कार्यालयमा स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको छ।
जिल्ला हुलाक कार्यालयमा आउने सेवाग्राही तथा कर्मचारीको सुविधाका लागि स्तनपान तथा शिशु स्याहार कक्ष स्थापना गरिएको हो।
कार्यालयमा आउने शिशुसहितका सेवाग्राही तथा महिला कर्मचारीले आफ्ना बच्चालाई स्तनपान तथा शिशु स्याहार गर्न सहज बनाउने उद्देश्यले स्तनपान तथा शिशु स्याहार कक्ष सञ्चालनमा ल्याइएको कार्यालय प्रमुख धीरेन्द्रबहादुर बस्नेतले बताए।
जिल्लाका अन्य कुनै पनि सरकारी कार्यालयमा स्तपान तथा शिशु स्याहार कक्ष छैनन्। कक्षमा एकैपटक तीन जना महिलाले स्तनपान गराउन सक्नेछन्।