गृहपृष्ठ खबर निर्मलाको न्यायका लागी लडीरहन्छौ : सह महामन्त्री घिमिरे

निर्मलाको न्यायका लागी लडीरहन्छौ : सह महामन्त्री घिमिरे

प्रकाशित मिति:

निर्मलाको न्यायका लागी लडीरहन्छौ ः सह महामन्त्री घिमिरे

वैखरी कंचनपुर २३ पुस । कञ्चनपुरकी निर्मला पन्थको न्यायका लागी नेपाल बिद्यार्थी सघंले निरन्तर आन्दोलन जारी राख्ने बताएको छ । नेपाल बिद्यार्थी सघंका केन्द्रीय सह महामन्त्री प्रकाश घिमिरेले सरकारले आफना मान्छेले गरेको गल्ती ढाक्न आम जनतालाई दुख दिने गरेको आरोप लगाए ।

६ महिना भन्दा बढि समय हुदासम्म पनि न्याय दिन नसक्नु, न्याय दिने नाममा आम नागरिकलाई आरोप लगाएर दुख दिएर सरकारले गलत गरी रहेको उनले बताए । सरकार हरेक कोणबाट असफल भइ सकेको बताउदै निर्मलाले न्याय नपाउदासम्म नेबिसघंले आन्दोलन गरीनै रहने बताउदै सरकारलाई गम्भीर हुन आग्रह समेत गरे ।

सम्बन्धित् समाचार