गृहपृष्ठ Featured यो बर्षकै सर्बाधिक युट्युबमा हेरिएको गीत -राजन राज सिवाकोटीको ‘गोजिमा दाम छैन’

यो बर्षकै सर्बाधिक युट्युबमा हेरिएको गीत -राजन राज सिवाकोटीको ‘गोजिमा दाम छैन’

प्रकाशित मिति:

पछील्लो समय नेपाली सिने गीतहरुमा अग्रपंतिमा रहेको आवाजको नाम हो राजन राज सिवाकोटी
– जे गाउछन दुनियाँ भुलाउने राजन राज वडा नम्बर छ को सुर्केथैली  होस् या छक्कापन्जा सिरिजकै पूर्व पश्चिम रेल होस् अथवा निस्चल बस्नेत अभिनित दुई रुपैंया को कुटुमा कुटु सुपारी दाना होस् उनले गाएका सबै गीतहरुले अडियोमा श्रोता लाई जसरी मन्त्रमुग्ध बनाउछन उसैगरी स्टेजमा दर्शक लाई  नचाउछन सिवाकोटी ।

पूर्वको झापा महोत्सब होस् या पश्चिमको कैलाली महोत्सब, राजन राज सिवाकोटिको ब्यग्र प्रतिक्षामा रहन्छ । जब उनी गाउछन पौष लाई तताएर बैशाख बनाइदिन्छन । पछील्लो समय मा दर्शक स्रोतामाझ निकै लोकप्रिय उनको अर्को प्रिय आवाज हो नेपाली चलचित्र चङ्गाचेट को गोजिमा दाम छैन बोलको गीत जुन चै एसबर्षकै सर्बाधिक युट्युब मा हेरिने गीतमा परेको छ । मेलिना राइ र  ग्रिस्मा सिवाकोटीसङ्ग सह आवाज रहेको गोजिमा दाम छैन हरिहर तिमल्सिना ले लेख्नुभएको थियो भने संगीत सिवाकोटी आफैले गर्नुभएको थियो ।

सबैका प्रिय गायक राजन राज सिवाकोटी सुमधुर आवाज जस्तै यथार्थमा पनि अत्यन्तै भद्र सालीन र मितब्यी पनि हुनुहुन्छ । आफ्नै छोरी ग्रिस्मा सिवाकोटी को पनि आवाज रहेको गोजिमा दाम छैन सबै नेपाली बिच उत्तिकै प्रिय बनिरहेको छ । आगामी दिन हरुमा पनि गायक राजन राज सिवाकोटी का एस्तै कर्णप्रिय आवाज हरुको पर्खाइ सबैमा रहनेछ । नेपाली सिने आवाजका नक्षेत्र सिवाकोटी लाई हाम्रो पनि शुभकामना ।।

सम्बन्धित् समाचार