अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका, ७ देउरालिमा जिप दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । दुर्घटनामा भुमिकास्थान नगरपालिका, ५ बस्ने फुर्सीदेवी बर्मेलको उपचारको क्रममा ज्यान गएकाे हाे । दुर्घटनामा चालक चालक किष्ण थापा क्षेत्री सहित चार जना घाइते भएका हुन् । घाइतेहरूकाे जिल्ला अस्पताल गुल्मीमा उपचार भइरहेको छ ।
लु १ ज १७६८ नम्बरको जिप सन्धिखर्क बाट तम्घासका जाँदै गर्दा दुघृटनामा भएकाे जिपमा सवार यात्रु गिता पन्थीले बताईन् । घाइते दुर्इजनालार्इ थप उपचारको लागी पाल्पा लगिएकाे छ ।
दुर्घटनामा परि घाइते हुनेहरुमा छत्रदेब गाउँपालिका, ४ अर्घाखाँची बस्ने वर्षीय सरिता पाण्डे, चालक दरबारदेवीस्थान गाउँपालिका, ३ गुल्मी बस्ने कृष्णबहादुर थापा, रेसुङ्गा नगरपालिका, ७ बस्ने गिता पन्थी र सन्धिखर्क नगरपालिका,१२ बस्ने सिमकला कुवँर रहेका यातायातका कार्यालय गुल्मीका प्रमुख डोलबहादुर कुँवरले जानकारी दिए ।