आए रविन बर्तौला “फन्दा” एल्बम र भिडियो लिएर ठेट नेपाली झर्रा शब्दहरु प्रयोग गरेर बनेका गीतहरुले बजार पिटीरहेको आजको समयलाई चिनेर रविन बर्तौलाले पनि “फन्दा” नामक एल्बम लिएर बजारमा आएका छन ।
“एक मने को दही मिठो” बोलको गीतको म्युजिक भिडियो चर्चित निर्देशक गम्भिर बिष्टको निर्देशनमा हाईलाईट्स नेपालको योउटुब च्यानलबाट गएको बुधवार रिलिज भएको छ । यो गीत यो समाचार लेख्दा सम्ममा ७६,३२८ पल्ट हेरी सकिएको यो भिडियो मा मोडेल मरिश्का पोखरेलको र गायक स्वयमको पनि ठेट नेपाली सैली र बान्कीले भरिएको अभिनय हेर्न सकिन्छ । श्रीजना कालेज अफ फाइन आर्ट्स बाट संगीतमा अध्ययन गरेका बर्तौलाको घर भने हेटौंडा ११ हो । हेटौंडा बाट पप ब्यान्ड बाट आफ्नो संगीत यात्रा सुरु गरेका रविन ब्यबसाहिक रुपमा इन्जिनियर हुन ।
https://www.youtube.com/watch?v=ZxN2EFqNQd0
नेपाल तथा युरोपका बिभिन्न देशहरुमा आफुलाई साङ्गितिक रुपमा प्रस्तुत गरिसकेका बर्तौला निकै मधुरो स्वरमा सबैलाई मन्त्र मुघ्द हुने गरी गाउछन । कुनै समय नेपाल आईडियल बाट प्रख्यात भएका संगीत गुरु रमेश पोखरेललाई आफ्नो मूल गुरु मन्ने बर्तौलाले गुरुदेव कामद सँग पनि संगीतको शिक्षा लिएका छन । हाल कर्म थालोको रुपमा बुटवललाई रोजेका बर्तौला को यो गीत को प्ररम्भिक प्रतिकृया देख्दा पक्का पनि नेपाली जन जनको मन मनमा बस्न सफल हुने देखिन्छ । रविन बर्तौला को “फन्दा” एल्बमले सफलताको नयाँ सगरमाथा निर्माण गरोस हाम्रो शुभकामना ।