गृहपृष्ठ मनोरञ्जन गोपाल ढकाल ” छन्दे” को निर्देशनमा नयाँ हास्य चलचित्र जालझेल

गोपाल ढकाल ” छन्दे” को निर्देशनमा नयाँ हास्य चलचित्र जालझेल

प्रकाशित मिति:

लामो समय नेपाली चलचित्र र टेलिचलचित्र मा स्थापित कलाकार गोपाल ढकाल “छन्दे” पछिल्लो समय समसामयिक घटनामा तयार पारिएको घोचपेच र हास्यास्पद टेलि चलचित्र ” जालझेल ” लिएर आएका छन ! प्रोमो बन्नु सङ्गै अत्यन्तै पर्खाइमा रहेको “जालझेल” TV Todayमा हरेक बिहिवार साथै Youtube मा पनि सङ्गै प्रसारण हुनेकुरा ढकालले वैखरीलाइ जनाएका छन् !

  दिपा दिपक निर्देशनमा लामोसमय सम्म चर्चामा रहेको तितोसत्य मा छन्देको भुमिका निभाएर चर्चामा रहेका गोपाल ढकाल कमल- निर्मल को टेन टु फाइभ मा सेर बहादुर, अनि दिनेश डि शी को ट्वाक्क टुक्क रिटर्न्स मा झापाली बम बहादुर ले खुब चर्चामा छन ! र अहिले आफ्नै निर्देशनमा निर्माण भएको हास्य टेलिचलचित्र ” जालझेल ” मा प्रोड्युसरअमृत सागर,ग्राफिक्स दिन्सन शाह, सङ्गीत बैकुण्ठ अधिकारी आवाज : बैकुण्ठ अधिकारी गोपाल ढकाल हर्कमान वाइबा र दिपक राइको रहेको  कुरा ढकालले  जनाएका छन् !

कलाकार हरु : अमर निरौला, अमृत सागर, पूजा थापा, हर्कमान वाइवा, रबिन भुसाल , आशिका अधिकारी पुष्कर बसेल, घनश्याम मुडभरी, सङ्गै आफै ढकाल पनि रहेका छन् ! कथा र गित, भानुभक्त ढकाल को रहने छ !

सम्बन्धित् समाचार