गृहपृष्ठ खबर बाणगंगा नगरपालिका वडा नः २ मा एक महिने बुटिक तालिम सम्पन्न

बाणगंगा नगरपालिका वडा नः २ मा एक महिने बुटिक तालिम सम्पन्न

प्रकाशित मिति:

बुटिक तालिम सम्पन्न
जितपुर(कपिलवस्तु २७ पुस ।
बाणगंगा नगरपालिका वडा नः  २ मा एक महिने बुटिक तालिम सम्पन्न भएको छ । वडा नः १ को लक्षित वर्ग कार्यक्रम अन्र्तगत आयोजना गरिएको तालिमको एक कार्यक्रमकाबिच तालिम सम्पन्न भएको हो । समापनमा बोल्दै । बाणगंगा नगरपालिका वडा नः २ का वडा अध्यक्ष बिष्णु पौडेलले देशमै पाएको सिपले देशमै केही गर्न सके देशमा बेरोजगारी घटेर जानेमा आफु बिश्वस्त रहेको बताए । सहभागीकै माग अनुसार यस बर्ष एडभान्स तालिम सञ्चालन गरिएको बताउदै अध्यक्ष पौडेलले यस तालिमले महिलाहरु आत्मनिर्भर समेत बन्न सक्ने बताए ।

समापन कार्यक्रममा पत्रकार अशोक पौडेल, दिपा महत, नवजागृति टोल बिकास समितिका अध्यक्ष किरण सिहं राना, वडा सदस्य हिमलाल घिमिरे, प्रशिक्षक सुनिता चौधरी, सहभागीको तर्फबाट आकृति बिक लगायतले आआफनो धारणा राखेका थिए । तालिममा वडा भित्रका २५ जनाले सहभागिता जनाएका थिए ।

सम्बन्धित् समाचार