कपिलवस्तुको बाणगंगा नगरपालिकामा एक सहकारीले बाणगंगा मासु खरिद बिक्रि केन्द्र सञ्चालन गरेको छ । दर्शन बचत तथा ऋण सहकारी संस्था बाणगंगा १ जितपुर कपिलवस्तुले बाणगंगा मासु खरिद बिक्रि केन्द्र सञ्चालन गरेको हो । एक कार्यक्रममाबिच केन्द्रको उद्यघाटन गर्दै बाणगंगा नगरपालिकाका मेयर मगंलप्रसाद थारुले सहकारीले गरेको यो उदारणीय कामको सिको गर्न अन्य सहकारीलाई पनि आग्रह गरेका थिए । मेयर थारुले हरेक सहकारीले यस्तै केही उदारणीय कामको सुरुवात गर्न आवश्यक रहेको बताउदै बाणगंगामा रहेका हरेक सहकारीले लेनदेन तथा कारोबार मात्र नगरी यस्तै नमुना कामको सुरुवात गर्न आग्रह गरेका छन । कार्यक्रममा वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष उमानाथ पौडेल, नारी उत्थान समुह कपिलवस्तुकी अध्यक्ष दिना कमाल सुवेदी, बरिष्ठ समाजसेवि दोलकराम घिमिरे, दर्शन बचत तथा ऋण सहकारी संस्था अध्यक्ष बिदुर बहादुर मल्ल, सचिव कृष्ण बहादुर शाही, कोषाध्यक्ष रेशम बहादुर मल्ल लगायतले, मासु खरिद बिक्रि केन्द्रका ब्यवस्थापक राजेन्द्र बिक्रम शाह लगायतले आआफनो धारणा राखेका थिए । सहकारीको ३५ बढि र प्याक्टको ३४ लाख लगानीमा बिक्रि केन्द्र सञ्चालनमा आएको हो । केन्द्रमा सहकारी भित्र रहेका ७ जनाले रोजगारी समेत पाएका छन ।
कपिलवस्तुमा दर्शन सहकारीद्धारा मासु खरिद बिक्रि केन्द सञ्चालन


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैअफगानिस्तान पुग्यो विश्वकपमा
५ मिनेट अघि
बाणगंगबाट लागुऔषधको मुख्य कारोबारी पक्राउ
५ घण्टा अघि