गृहपृष्ठ खबर कपिलवस्तु जेसिजद्धारा म भित्रको म : उत्प्रेरणा कार्यक्रम सम्पन्न

कपिलवस्तु जेसिजद्धारा म भित्रको म : उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु जेसिजको आयोजनामा कपिलवस्तुको ठाकुरापुर स्थित पिस हिमालय रिसोर्टमा एक दिने उत्प्रेरणा कार्यक्रम ” म भित्र को म ” सम्पन्न भएकाे छ । युवाहरुको क्षमता पहिचान तथा अभिबृदी गर्ने उदेस्यले आयोजना गरियको कार्यक्रम मा जेसिआइ सिनेटर राजेन्द्र श्रेष्ठ ले प्रशिक्षण दिएका िथए । हरेक ब्यक्ती भित्र रहेका क्षमता को पहिचान गर्न नसक्नु नै मुख्य कमजोरी हो ,हर कोहिमा क्षमता हुन्छ, हर कोहि ब्याक्ती राम्रो हुन्छ उस्ले अझै राम्रो गर्न सक्छ त्यसैले आफुमा निहित क्षमता को पहिचान गरेर अगाडि बढे सफलता अबस्य मिल्ने कुरा मा जोड दिदै प्रशिक्षक श्रेष्ठले विभिन्न सफल ब्याक्तित्व हरुका उदाहरणहरु प्रस्तुत गरेका िथए ।  विभिन्न संघसंगठनका प्रतिनिधि ,जनप्रतिनिधि जेसिस पुर्ब अध्यक्षहरु, सदस्यहरू लगायत स्थानिय युवाहरू को उपस्थिति रहेको कार्यक्रम को सन्चालन सुशील पौडेल सम्योजन खुमानन्द घिमिरे तथा अध्यक्षता सुन्दर पान्डेले गरेका िथए ।

सम्बन्धित् समाचार