गृहपृष्ठ Featured कपिलवस्तु जेसिजको अधिवेशन सुरु

कपिलवस्तु जेसिजको अधिवेशन सुरु

प्रकाशित मिति:

जितपुर(कपिलवस्तु) २ माघ ।

कपिलवस्तु जेसिजको वार्षिक साधारण सभा तथा १९ औं शाखा अधिवेशन कपिलवस्तुको जेसिज भवन वैरियामा सुरु भएको छ । कार्यक्रममा प्रमुख अथिति तथा नेपाल जेसिजका कार्यकारिणी उपाध्यक्ष रमेशचन्द्र भुसालले युवाहरुमा भएको उर्जाशिल नेतृत्व क्ष्मतालाई गतिशील बनाउन आवश्यक रहेको बताए ।

सो अवसरमा कपिलवस्तु जेसिजका पुर्व अध्यक्ष रुक बहादुर भुसाल, पोष्टराज गौतमले अव आउने नया नेतत्वलाई शुभकामना दिनुका साथै जेसिजलाई जिल्लाकै अग्रहणी सामाजिक सस्थाका रुपमा लैजान आउने नेतृत्वले थप मेहेनत गर्ने बिश्वास ब्यक्त गरेका छन । जेसिस एउटा संसार हाक्न सक्ने युवाहरूको नेतृत्व हो भन्दै अध्यक्ष सुन्दर पाण्डेले  अबको अगुवाइ युवाहरुकोकै नेतृत्व मै हुनुपर्ने कुरा बताएका छन् ।। कार्यक्रममा जेसिजका महासचिव गुरुदेब पौडेलले यस कार्यकालमा भएका कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

कार्यक्रममा कपिलवस्तु जेसिजका सस्थापक महासचिव दोलकराम घिमिरे,गुणनिधि भुसाल, गोपाल ज्ञवाली, कृष्ण पोखरेल , कृष्णराज अर्याल लगायतको सहभागिता रहको कार्यक्रम संयोजक तथा जेसिजका उपाध्यक्ष शकंर प्रसाद न्यौपाने जानकारी दिए ।

सम्बन्धित् समाचार