गृहपृष्ठ खबर जितपुर बासीलाई छाडागाइवस्तुको हैरानी

जितपुर बासीलाई छाडागाइवस्तुको हैरानी

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा अन्र्तगत चार नम्बर जितपुरमा छाडा गाइवस्तुको बिगबिगि बढदै गएको छ । जसका कारण जितपुरका स्थानिय बासी हैरानी परेका छन । गाउघरमा रातको समयमा बाली खाने छाडा गाइवस्तु अहिले बजारमा देखिन थालेका हुन । १०÷१५ को समुहमा छाडागाइवस्तु सडकमा बस्ने , हुल बाधेर हिडने, हान्ने, ठेलाका फलफुल तथा सागसब्जी खाइदिने जस्ता समस्याले जितपुरबासी अहिले ग्रसित भएका छन । बिच सडकमा छाडा गाइवस्तु बसी दिनाले कहिले काहीँ सडक जाम हुने, सर्व साधारणलाई बाटो काट्न अफ्ठयारो हुने गरेको छ । उनीहरुको दिशा पिसावले समेत बजार दुर्घधित बन्दै गएको छ । नगरपालिका भित्र रहेका छाडा गाइवस्तु ब्यवस्थापनको जिम्मेवारी पाएको नगरपालिकाले पनि यसको ब्यसव्थापनका कुनै चासो देखाएको छैन । जहिले पनि छाडा गाइवस्तु हामीलाई हैरान बनाए यसप्रति कसैको ध्यान जादैन जितपुरका स्थानिय युवा जितेन्द्रं श्रेष्ठले बताए । यस बिषयमा आफुहरुले पटक पटक नगरपालिकालाई जानकारी गराएको तर कुनै सुनुवाई नभएको उनले जानकारी दिए । छाडागाई वस्तुले हिडने सर्वसाधारणलाई हान्ने समेत गरेको उनी बताउछन । हालसम्म करिव ५÷६ जनालाई हानेर उपचारका लागी समेत यहाँबाट लगेको उनी बताउछन । केही पटक छाडागाइवस्तुले हानेर अस्पतालमा लगी उपचार गरी बिरामीलाई घर फर्काएको प्रंहरीले समेत जनाएको छ ।
यस बिषयमा बाणगंगा नगरपालिकाका कार्यकारी अधिकृत तुल्सीराम मरासिनीले छाडा गाइवस्तु ब्यवस्थापनका लागी संयन्त्र तयार पारी सकेको र स्थानिय निकायको निर्वाचनका कारण उतm काममा ढिलाई भएको बताएका छन । ब्यापक जन गुनासो आएपछि काम सुरु गर्न लाग्दा चुनावका कारण समयमै छाडागाइवस्तु ब्यवस्थापन गर्न नसकिएको उनले बताउ । साथै अव उनले तत्काल जनप्रतिनिधिहरुको नेर्तत्वदायी सहभागीतासहित छाडा गाइवस्तु ब्यवस्थापनका क्षेत्रमा काम गर्ने उनले बताएका छन । छाडा गाइवस्तु ब्यवस्थाप जितपुरको समस्या रहेको बताउदै बाणगंगाका मेयर मगंल प्रसाद थारुले यसका लागी कान्जीहाउस निमार्ण प्रक्रिया तत्काल सुरु गर्न पहल थाल्ने बताएका छन ।

सम्बन्धित् समाचार