गृहपृष्ठ खबर दश लाखको इमो लोट्रीको नाममा कपिलवस्तुकी एक युवती ठगीइन

दश लाखको इमो लोट्रीको नाममा कपिलवस्तुकी एक युवती ठगीइन

प्रकाशित मिति:

तपाईंको मोवाईलमा इमो एप्स छ ? छ भने होस गर्नुस तपाईंलाई इमो लोट्रीका नाममा ठगि गर्ने गिरोहले फसाउन सक्छन् । पछिल्लो समय सर्वसाधारणहरुको मोवाईलमा नेपाल भारत तथा दुबईबाट नेपालीहरुको मोवाईलमा इमो लोट्रीको नक्कली प्रमाणपत्र पठाएर ठगि धन्दा शुरु भएको छ । सोही क्रममा कपिलवस्तु बाणगंगा नगरपालिकाकी रिता चौधरीलाई पनि इमो लोट्री परेको भन्दै ठगीएकी छन । बाणगंगा नगरपालिका वडा नः ५ सिलखोर निवासि रिता चौधरी दश लाख पाउने आशामा ठगीएकी हुन ।
इमो लोट्री लागेको भन्दै मंसिर ८ गते रिता चौधरीलाई फोन आयो “ रिता जि तपाईलाई इमो लोट्री लागेको छ, अव तपाईले दश लाख पाउनु हुनेछ, धेरै धेरै बधाई छ ” फोनमा यो कुरा सुनेपछि रिता निकै खुशी भइन । दश लाख पाउनका लागी सुरुमा तपाईले आइएमइबाट तीस हजार राख्नु पर्छ भनेपछि उनले आइएमईबाट बलराम यादवको नाममा तीस हजार पठाइन । फेरी अर्को दिन इमोमा फोन आयो “रिता जी बधाई छ, इमो लोट्री बापतको रकम अव तपाइले पाउदै हुनुहुन्छ, अव मात्र पैत्तिस हजार आइएमइ गर्नु भयो भने तपाईको खातामा दश लाख आउनेछ ” यो सुनेपछि फेरी पनि उनले पैत्तीस हजार मुकेशकुमार यादवलाई आइएमई गरिन । बलराम यादवले अवको रकम मुकेशकुमार महत्तोको नाममानै पठाउन भनेकाले उनले सोही अनुसार मुकेशकै नाममा पठाइन ।
त्यसको ठीक दुई दिनपछि बलराम यादवले इमोमा फोन गरे “अव भोली तपाइको आइएमई मार्फत दश लाख पाउनु हुनेछ, अन्तीम पटक लोट्रीमा लाग्ने करका लागी २० हजार आज पठाउनु पर्नेछ ” यो सुनेपछि रिताले अव किन पठाउने भन्दै पैसा पठाउन आनाकानी गरिन । बीस हजार पठाउन भनेपछि मलाई शंका लाग्योकी पक्कै ठग्न पो थालेको हो भनी । त्यसपछि इमोमा फोन आउने नः ९८१५२५२९४२ बाट फोन आउन र उठ्न पनि छोड्यो । उनले प्रहरी कार्यालय कोपवामा गएर यसको बारेमा सबै जनाकारी गराएपछि उनले आफु ठगीएको थाहा पाइन । ईलाका प्रहरीमा उजुरी दिन आइकी उनलाई प्रहरी महाशाखा टेकुले काठमाण्डौ बोलायो र उनी काठमाण्डौ पुगिन । इमो लोट्रीमा ठगेको यो घट्ना महाशाखालेनै हेर्ने गरेकाले आफुले उनलाई काठमाणडौ पठाएको ईलाका प्रहरी कर्यालय पिपराका प्रहरी निरिक्षक चन्द्र बहादुर केसिले बताए । महाशाखामा उजुरी परेपछि हाल सिरहाका मुकेशकुमार यादवलाई प्रहरी प्रकाउ गरी अनुसन्धान सुरु गरेको छ । बलराम यादव साथी रहको र उसले कपिलवस्तुबाट एक जनाले पैसा पठाइदिन्छ र सो पैसा निकालेर मलाई दिनु भनेकाले सोही बमोजिम पैसा निकालेर बलरामलाई दिएको बयान महत्तोले गरेका छन । उता बलराम यादव फरार रहेका छन । बलरामको खोजी कार्य जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित् समाचार