नेपाली काग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले कम्युनिष्ठ सरकारले देशमा बिकास गर्न नसक्ने बताएका छन । दुई तिहाईको दम्भ दखाउदै सरकारले जनतालाई बिकासका सपना देखाएर लुटतन्त्र मच्चाएको उनको भनाई छ । नेपाली काग्रेस जिल्ला कार्य समितिद्धारा आयोजित भेटघाट कार्यक्रममा बोल्दै भण्डारीले सरकारले जनतालाई बिकासको नाममा दिवा सपना देखाउन खाजेको बताए । साथै उनले नेपाली काग्रेसका ७५ माथीका नेताले अव आराम गर्ने बेला आएको बताउदै नया पिडिलाई नेतृत्व दिन आवश्यक रहेकोमा जोड दिएका छन ।
कार्यक्रममा नेपाली काग्रेस कपिलवस्तु जिल्ला कार्य समितिका सभापति सुरेन्द्रराज आचार्य, कोषाध्यक्ष सोहरत तेली, तरुण दल जिल्ला कार्य समिति सभापति खोम बहादुर सिहं ठकुरी(शतिm) महासमिति सदस्य दुर्गा सेन, कार्यबाहाक बाणगंगा नगर सभापति बिष्णु थापा, नेपाल बिद्यार्थी सघंका क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल लगायत सय बढि पार्टीका नेता तथा कार्यक्रताको सहभागिता रहेको थियो ।