कपिलवस्तु स्थित घना जंगल भित्र पर्ने शिवगढी किल्ला । चन्द्रौटावाट करिव ३० किलोमिटर दुरीमा रहेको किल्ला एक एतिहासिक भएको पाइएको छ । शिवराज नगरपालिका १ धानखोला वाट करिव ८ किलोमिटर उकालो हिडेपछी त्यस स्थलमा पुगिन्छ । धानखोला वाट उकालो चढ्दा केहि सिढिहरु निमार्ण भएका छन । शिवराज नगरपालिका ९ मा पर्ने उक्त किल्ला आसपासमा एतिहासिक तथा पुरातात्विक वस्तुहरु रहेको पाइएको छ । धानखोला वाट केहि उकालो चडेपछी त्यहा विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन । पर्यटकीय सम्भावना बोकेको ऐतिहासिक एवं धार्मिक तीर्थस्थल शिवगढी किल्लामा प्राचीनकालका वस्तुहरु पत्ता लगाउनुपर्ने सवैको धारण रहेको छ । शिवराज नगरपालिकाको शानको रुपमा रहेको शिवगढी मन्दिर पुग्दा विच भागतर्फमा कुटी,पाइला लगाएत विभिन्न आकृतिका ढुगांहरु फेला परेका छन ।
प्रदेश नम्वर ५ को केन्द्रविन्दुमा अवस्थि शिवगढी मन्दिरलाई पर्यटकिय स्थलको रुपमा पनि विकाश गरेमा पर्यटकहरुको सख्या वढने विश्वास रहेको छ । शिवगढी किल्लाको उत्तर तर्फ शिव लिगं फेला परेकोले सोहि स्थानमा सानो मन्दिर निमार्ण गरिएको छ । मन्दिरको नजिकै रहेको भ्यु टावर वाट तराई फाट,पाहाड डाडाहरु, दाङ जिल्ला सगै भारतको केहि भाग तथा मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । किल्ला आसपासमा पनि केहि मन्दिरहरु रहेका छन । शिवगढी किल्ला पहिला अग्लो भएपनि अहिले युद्धको बेलामा भत्काएर अहिले होचो भएको स्थानियहरुको भनाई रहेको छ । मन्दिरमा जो कसै पुग्न नसक्ने कारणले पनि यस मन्दिरको प्रचार प्रसार हुन नसेकेको स्थानिय हरी पुनको भनाई छ । शिवगढी मिन्दरमा शिवरात्रीको समयमा ५ दिन सम्म मेला लाग्ने गर्दछ । मेलामा नेपालका भन्दा भारतका भक्तजनहरुको घुइचो लाग्ने गर्दछ । अन्य समयमा पनि यसमन्दिरमा दर्शन गर्न आउने गरेका छन । मन्दिरमा पानीको समस्या हुदाँ आकासको पानी घैटोमा संकलन गर्ने गरेको मन्दिर संरक्षण समितिले जनाएको छ ।
शिवगढी किल्लाको इतिहास खोज्दै ३ जना पुरातत्वविदसहितको टोली कपिलवस्तुको शिवगढी किल्ला पुगेको छ प्रदेश ५ का प्रदेशसभा सदस्य अर्जुन कुमार के.सी.को पहलमा पूरातत्व विभाग, शिवराज नगरपालिका सहित झण्डै ४० जनाको टोली शिवगढी किल्लामा पुगेको थियो । नेपाली इतिहास, संस्कृति तथा पूरातत्व केन्द्रिय विभाग कीर्तिपुरका प्रमुख प्रो. डा. मदन कुमार रिमालले अध्ययन अवलोकनका क्रममा खस राज्यका सिँजाली बौद्धमार्गी राजा रिपू मल्ल प्राचीन धार्मिक तीर्थस्थल लुम्बिनी, तिलौराकोटका लागि पश्चिमबाट प्रवेश गर्ने पदमार्गको सम्भावना शिवगढी किल्ला रहेको अनुमान गरे । पूरातत्वविद प्रो.डा. रिमालले यसबारे गहन अध्ययनपछि मात्र वास्तविकता पत्ता लगाउन सकिने वताए । त्यहाँ रहेका पुराना इँटा, माटाका भाँडा, ऐतिहासिक किल्लाको संरचना हेर्दा धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक सम्भावना बोकेको क्षेत्र रहेको अनुमान गर्दै यसको सुक्ष्म रुपमा अन्वेषण गर्नुपर्ने डा. रिमालले जनाए ।