गृहपृष्ठ खबर परिषद्बाट विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस

परिषद्बाट विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस

प्रकाशित मिति:

सवैधानिक परिषद्ले विभिन्न ५ वटा आयोगका अध्यक्षका लागि नाम सिफारिस गरेको छ । आइतबार सिंहदरबारमा बसेको परिषद्को बैठकले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल, राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा शान्तराज सुवेदी, मधेशी आयोगको अध्यक्षमा डाक्टर विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा विष्णु प्रसाद चौधरी, मुस्लिम आयोगमा समिम अन्सारीको नाम सिफारिस गरेको हो ।

प्रमुख प्रतिपक्षी दलको नेताको अनुपस्थितिमा नै संवैधानिक परिषद्ले आयोगका अध्यक्षहरुको नाम सिफारिस गर्ने निर्णय गरेको हो । परिषद् सदस्य प्रमुख प्रतिपक्षी दलका नेता शेर बहादुर देउवा आइतबारको बैठकमा उपस्थित हुनुहुन्नथ्यो । परिषद् सदस्य एवं राष्ट्रियसभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले संवैधानिक र कानुनी दृष्टिले निर्णय गर्नलाई बाधा नपर्ने भएकाले नामहरु सिफारिस गरिएको बताउनुभयो । संवैधानिक परिषदले आयोगहरुका अध्यक्ष तथा सदस्यहरु नियुक्तिका लागि सिफारिस गरी राष्ट्रपतिसमक्ष पेश गर्ने संवैधानिक व्यवस्था छ । परिषद्ले गरेको सिफारिसका आधारमा राष्ट्रपतिले नियुक्त गर्ने आयोगका पदाधिकारीहरुको पदावधि ६ वर्षको हुनेछ ।

सम्बन्धित् समाचार