गृहपृष्ठ खबर घाँस काट्ने क्रममा भीरबाट लड्दा अर्घाखाँचीमा एक महिलाको मृत्यु

घाँस काट्ने क्रममा भीरबाट लड्दा अर्घाखाँचीमा एक महिलाको मृत्यु

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका ११ डिभर्ना अमिले निवासी कृष्ण बुढाथोकीको श्रीमती बर्ष अन्दाजी ३२ ३३ कि कमला बुढाथोकीको आज बिहान भिरबाट लडदा मृत्यु भएको छ । मृतक बुढाथोकी संगै घाँस काट्न गएकी निजकी कान्छी छोरी संगीता बुढाथोकीले आफ्नी आमा भिर बाट लडेको देख्न साथ स्थानीयहरुलाई खबर गरेकी थिइनँ ।

गम्भीर घाइते भएकी कमला बुढाथोकीलाइ उपचारका लागि जिल्ला अस्पताल अर्घाखाँचीमा लगिएको थियो , तर सन्धिखर्कमा रहेको जिल्ला अस्पतालका डाक्टरहरुको सामान्य चेक जाँच पछी घाइते कमला बुढाथोकीको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको सम्भव न देखिएपछी निजको थप उपचारका लागी भैरहवा अस्पताल बुटवलमा रिफर गरिएको थियो । आफ्नो घर नजिकै रहेको अमिले ,भिरापुछुर भिरमा घाँस काट्न गएको बखत कमला बुढाथोकी एक्कासि भिर बाट करिव ३ सय मिटर तल खस्दा गम्भीर घाइते भएकी बुढाथोकीलाइ उपचारको लागि भैरहवा लैजादै गर्दा पथ्रकोट नजिकै पुग्दा उनको मृत्यु भएको उनका आफन्तले जानकारी दिएका छन् ।

सम्बन्धित् समाचार