गृहपृष्ठ खबर प्रदेश नम्बर ५ मा रहेका अस्पतालहरुमा औषधी अभाव हुन नदिने : मन्त्री बराल

प्रदेश नम्बर ५ मा रहेका अस्पतालहरुमा औषधी अभाव हुन नदिने : मन्त्री बराल

प्रकाशित मिति:

सामाजिक विकास मन्त्री शुर्दशन बरालले प्रदेश नम्बर ५ मा रहेका अस्पतालहरुमा औषधी अभाव हुन नदिने बताउनुभएको छ् । उहाले औषधी खरिदको लागि स्थानीय तहसगँ समन्यय गरेर काम आगाडी बढि रहेको कतिपय ठाउँमा टेन्डर समेत आह्वान भएकाले औषधी अभाव नहुने बताउनुभएको । उहाले प्रदेश पाँचमा पछिल्लो समय स्वस्थ्य क्षेत्रमा ४० प्रतिशत जनशक्ति अभाव रहेको प्रदेश सभालाई जानकारी गराउनुभयो ।आज प्रदेशसभा सचिवाल बुटवलमा बसेको बैटकमा उठेका प्रश्नहरुको जवाफ दिदैँ मन्त्री बरालले प्रदेश सरकारले करारमा कर्मचारी नियुक्तिको प्रकृया सुरु भएको समेत बताउनुभयो ।

प्रदेशले कर्मचारी नियुक्त गर्ने अधिकार अनुसार कर्मचारीहरु परिपुर्ति गर्ने क्रममा बुटवलको लुम्बिनी प्रदेशिक अस्पतालका लागि आवस्यक २६ जनानर्सहरुको नियुक्त गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । उहाले स्वायसेवक पनि भर्ना गर्ने क्रर्ममा मन्त्रालय रहेको उल्लेख गर्नुभयो ।स्वयमसेवक भर्ना गर्दा सेवाभावमा आधारित रहेर र सामावेशी सिद्धान्तका आधारमा नियुक्ति गर्ने तयारीमा सरकार रहेको उहाले बताउनुभयो । उहाले बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालको लागि ७ करोड, तुल्सीपुर प्रादेशिक अस्पातलका लागि पनि ७ करोड र भेरी अस्पतालको लागि ३ करोड ३६ लाख बजेट छुटाएको बताउनुभयो ।

यसरी छुट्टाइएको रकम अस्पतालको उपकरण खरिद र भौतिक पुर्वधार विकासको लागि खर्च हुने उहाले बताउनुभयो ।प्रदेश नम्बर ५ मा साउनदेखी हाल सम्म १ हजार ६ सय ७६ बटा घरेलु हिसाका घटनाहरु भएका सदनलाई जनाकारी गराउनुभयो । घरेलु हिसा रोक्नको लागि सचेतना मुलक कार्य र दोषीलाई कानुनी दायारमा ल्याउने उनले बताउनुभयो ।

सम्बन्धित् समाचार