गृहपृष्ठ खबर वाणगंगा नगरकार्यपालिको बैठक सम्पन्न, भौतिक पूर्वाधार तर्फका योजना छनौट

वाणगंगा नगरकार्यपालिको बैठक सम्पन्न, भौतिक पूर्वाधार तर्फका योजना छनौट

प्रकाशित मिति:

वाणगंगा नगरकार्यपालिको बैठक आज सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५।७६ मा लागत सहभागीतामा संचालन हुने भौतिक पूर्वाधार तर्फका ७०।३० र ५०।५० का योजनाहरु छनौट गरेको छ । नगर सभाले उल्लेखित शीर्षकमा १ करोड ९० लाख विनियोजन गरि रकम छुट्याउने निर्णय गरेको छ । केन्द्र र स्थानिय तहको समन्वयमा सवा ३ करोड वरावरको वजेट अनुसार विकासमा कार्य हरु गर्ने निणय गरिएको नगर प्रवक्ता विष्णु पौडेलले जानकारि दिए ।

त्यस्तै नगरको शैक्षिक क्यालेन्डर निकाल्ने पनि निर्णय गरिएको छ । उक्त बैठकमा नगरले अहिले सम्म गरेका कामको पनि समिक्षा गरिएको थियो । नगरकार्यपालिकाको अर्को बैठक माघ ११ गते दिउसो १ वजे बस्ने निर्णय गरिएको छ । बैठकमा नगर प्रमुख मंगल प्रसाद थारुको अध्यक्षता, प्रमुख प्रशासकिय अधिकृत तुल्सिराम मरासिनि, कार्यपालिकाका सदस्य, सम्पुर्ण वडाअध्यक्षहरु, विषयगत शाखाका सम्पुर्ण प्रमुखहरु र नगरपालिका शाखाका अधिकृतहरुको सहभागिता रहेको नगर प्रवक्ता पोडेलले जानकारि दिए ।

सम्बन्धित् समाचार