गृहपृष्ठ खबर कपिलवस्तु एल.पि. ग्यास व्यवसायी संघ को छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन सुरु

कपिलवस्तु एल.पि. ग्यास व्यवसायी संघ को छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन सुरु

प्रकाशित मिति:

जितपुर कपिलवस्तु

  • कपिलवस्तु एल.पि. ग्यास व्यवसायी संघको छैटौं साधारणसभा तथा तेस्रो अधिबेशन कपिलवस्तुको जेसिज हलमा सुरुभएको छ् ।कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभाका साम्सद बिष्णु पन्थी तथा विशिष्ट  अतिथी महेश्वर कुमार श्रेष्ठको बिशेष आतिथ्यतामा सुरु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथी प्रदेश सभाका साम्सद बिष्णु पन्थी तथा विशिष्ट  अतिथी महेश्वर कुमार श्रेष्ठ, बाणगंगा नगरपालिकाको प्रतिनिधित्व गर्दै – बालकुमारी पन्त पत्रकार महासंघ कपिलवस्तुका जिल्ला अध्यक्ष डिलाराम भुसाल कपिलवस्तु उद्द्योग बाणिज्य महासंघका अध्यक्ष उमानाथ पौडेल,उपाध्यक्ष दिनेश गुप्ता,- रुपन्देही एल पि ग्यास व्यावसायिक संघ का अध्यक्ष प्रदिप पन्त ,र एल पि ग्यास व्यावसायिक संघका रुपन्देही अध्यक्ष प्रदिप पन्त लगाएतले शुभकामना मन्तब्य दिनुभएको थियो ।

   शुभकामना मन्तब्यकै क्रममा सांसद बिष्णु पन्थीले अबको सम्रिद्धी आर्थिक क्रान्तीबाटै सम्भब हुने र नेपाल मा अब छिट्टै दाउरे युगको अन्त्य भएझै सिलिण्डर युगको पनि अन्त्य हुने बताए, आगामी दिनहरुमा देश अर्थतन्त्र र आर्थीक क्रान्तीको बाटोमा अघी बढिसकेकोले न्यून भ्योलुम भन्दा पनि ठुलो भोलुम मा कुनै पनि उत्पादन अथवा ब्यापार गर्न सके उन्नती र आम्दानी पनि धेरै र छिट्टो गर्न सकिने जिकिर पनि गरे समग्र ग्यास ब्याबसायी हरुले देशले शंकटको परिस्थिती भोगिरहदा कपिलबस्तुका ग्यास व्यवसायीहरुले खेलेको सकारात्मक भूमिकाको खुलेर तारिफ पनि गरे ।

कार्यक्रमको विशिष्ट  अतिथी एल पि ग्यास व्यावसायिक संघका केन्द्रिय अध्यक्ष महेश्वर कुमार श्रेष्ठले अबका दिनहरुमा व्यावसायिक हरुको पूर्णत: बिमाको ब्याबस्था, मुनाफा र कमिसन को बिषयलाई केन्द्रिय स्तरमै घच्घच्याईरहने कुरा बताए भने,रुपन्देही एल पि ग्यास व्यावसायिक संघ का अध्यक्ष प्रदिप पन्तले न्यून कमिसन र सस्तो मुनाफाका कारण ग्यास व्यावसायी हरु पुर्णतः असन्तुष्ट रहेको ले राज्यको ध्यान जानुपर्ने कुरा समेत राखे ।

आजै तेश्रो अधिबेशनबाट आगामी सत्रको लागी नयाँ समिती पनि चयन हुँदैछ ।

 

सम्बन्धित् समाचार