गृहपृष्ठ Featured चेतनशिल प्रतिष्ठान कपिलवस्तु द्धारा जिल्ला व्यापी न्यानो कपडा वितरण अभियान सुरु

चेतनशिल प्रतिष्ठान कपिलवस्तु द्धारा जिल्ला व्यापी न्यानो कपडा वितरण अभियान सुरु

प्रकाशित मिति:

चेतनशिल प्रतिष्ठान कपिलवस्तु द्धारा जिल्ला व्यापी न्यानो कपडा वितरण गर्ने अभियानको सुरुवात गरिएको छ। गैर राजनैतीक   सामाजिक संस्था कपिलवस्तुले “हामी केहि लिएर आफु बाच्छौँ , केहि दिएर अरुलाई पनि बचाउन्छौँ ” भन्ने उद्देश्य सहित चेतनशिल प्रतिष्ठान कपिलवस्तुले जिल्ला व्यापी न्यानो कपडा वितरण अभियान सुरु गरेको छ ।

कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ३ र ४ बाट अभियानको सुरुवात गरेको छ । बुद्धभुमि नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष विकास आचार्यको प्रमुख अतिथि , रिभरसाईट पवल्कि बोङिग स्कुलका प्रचार्य लेखनाथ बेल्वासे , टोलका बुद्धजिवी व्यक्तिहरुको आथितियता कार्यक्रममा रहेको थियो । वडा नम्बर ३ र ४ का गरिव तथा पिडित परिवारलाई रहात स्वरुप न्यानो कपडा वितरण गरिएको हो ।

अभियानमा बोल्दै प्रमुख अथिति आचार्यले भन्नुभयो , “युवाहरु देशका भविष्य हुन् आजका युवाहरुले चाहेको खण्डमा देश परिर्वतन गर्ने शक्ति रहेको छ ति युवाहरुको एउटा संगठन भनेको चेतनशिल प्रतिष्ठान कपिलवस्तु रहेको बताउदै संस्थाको प्रशंशा गर्नु भएको थियो , संस्थालाई अप्ठारो परेको खण्डमा र संस्थाले सहयोग मागेको बेला आफु लगाएत आफ्नो वडा सधैँ तयार रहेको बताउनु भयो र उहाँले भन्नुभयो संस्थाका कामहरुले आफुले सुनेको तर संस्था सगँ प्रत्यक्ष भेट हुने इच्छा रहेको र आज त्यो इच्छा पनि पुरा भएका बताउनु भएको थियो ” ।

संस्थाका अध्यक्ष नवराज पौडेलको अध्यक्षता , सदस्य ईन्द्रिरा पौडेलको संयोजकत्व , उपाध्यक्ष सुदन पाण्डेको स्वागत मन्तव्य रहेको कार्यक्रम संस्था सह–सचिव नवराज बेल्वासेले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमको समापन गदैँ अध्यक्ष पौडेलले संस्थाको सानो सहयोग जिवनपर्यान्त नभए पनि केहि केहि सहज हुने कुरा व्यक्त गदैँ त्यस क्षेत्रका गरिविका कारण विद्यालय जान नपाएका बालबालिकालाई विद्यालय पठाउने सम्पूर्ण अभिभावक सगँ अनुरोध गदैँ पढाई खर्च संस्थाले दिने कुरा व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित् समाचार