गृहपृष्ठ खबर अनलाईन प्रणालि सुरु भएसंगै कर्मचारिलाई सहज, सेवाग्राहि मर्कामा

अनलाईन प्रणालि सुरु भएसंगै कर्मचारिलाई सहज, सेवाग्राहि मर्कामा

प्रकाशित मिति:

कपिलवस्तु माघ ८

नेपाल सरकारले अनलाईन सेवा सुरु गरेपछि कर्मचारिहरुलाई सहज भएपनि सेवाग्राहिहरु भने मर्कामा परेका छन् । भूमिसुधार तथा मालपोत कार्यालय कपिलवस्तुले गत पुस २९ गते आइतबार देखि अनलाइल सेवाको थालनी गरेको हो । अनलाइल सेवा विद्युतीय सुशासन अन्तर्गतको अभियान हो । अनलाइनद्धारा गरिने कार्यले जनताको सम्पत्तिको सुरक्षा गर्ने कार्यालयले दावि गरेको छ तर पहिला एकै दिनमा हुने काम अहिले धेरै दिन लाग्ने सर्वसाधारणहरुले गुनासो गरेका छन् । मालपोत कार्यालयमा सेवा लिन आएका वाणगंगा नगरपालिका वडा नं. ६ भकलापुरका ६५ वर्षीय भुवलाल न्यौपानेले ६ दिन देखि मालपोत कार्यालयमा धाउन थालेको गुनासो पोख्नुभयो । उहाँले आफ्नो नामको जग्गा छोराको नाममा नामसारी दिनका लागि ६ दिनसम्म धाउँदा पनि काम हुन नसकेको बताउनुभयो ।

पहिला त काम तुरुन्तै हुन्थ्यो । त्यस्तै अर्का सेवाग्राही जानका पौडेलले जग्गा रोक्का गर्नका लागि मालपोत पुग्नुभयो । उहाँको पनि काम गर्न एक हप्ता लाग्छ भनेपछि यो अनलाइन प्रविधि आफूलाई मन नपरेको गुनासो पोख्नुभयो । अनलाइन सेवाले सम्पत्तिको सुरक्षा भएपनि तत्कालिन सेवा ग्राहीहरुले सेवा प्राप्त गर्न नपाउँदा पहिलाकै तरिका ठीक भएको सेवाग्राहीहरुको भनाइ छ । मालपोत अधिकृत ऋषिराम पौडेलले हिजो अनलाइन सेवा सुचारु नहुँदा सम्म फिल्डमा, गल्लीमा बसेर काम गरिन्थ्यो भने अहिले अनलाइन सेवा सुरु भैसकेपछि आआफ्नो फाँटमा बसेर कम्प्युटरद्धारा काम भइरहेको बताउनुभयो । कानुनी रुपले राम्रो काम भएको र हिजोको दिनमा ५ बजे बसेर काम गराएका व्यक्तिहरुलाई असजिलो हुनु स्वभाविक हो ।

सिस्टममा जाँदा सबैको काम नियमसँग त्रुटि रहित भएको भन्दै सेवाग्राही खुसी भएको उहाँले बताउनुभयो । यस्तै रजिष्ट्रेसन नं.१ बाट हालसम्म ३६ वटा पास भएको र १५० वटा प्रक्रियामा रहेका छन् । रजिष्ट्रेसन नं २ मा अनलाइन सुरु भएदेखि हालसम्म १ सय १० वटा पास भएको र २ सय ५० वटा प्रक्रियामा रहेको नासु सन्तोष कुमार श्रेष्ठले बताउनुभयो । त्यस्तै नेपाल लेखापढी व्यावसायी समिति तौलिहवाका अध्यक्ष विष्णुप्रसाद मौर्यले सरकारले अनलाइन सिष्टम सञ्चालन गरेपछि धेरै सेवाग्राहीहरु प्रभावित भएका छन् ।

सेवाग्राहीको काम छिटो छरितो हुन नसक्नु, बीरामी सेवाग्राहीहरु मर्कामा पर्नु, जग्गा पास गर्नको लागि धेरै दिन कुनुपर्ने जस्ता समस्या झेल्नुपरेको बताउनुभयो । नेपाल सरकारले ल्याएको अनलाइन प्रणाली अझ विस्तार हुनको लागि सर्वसाधारणको काम छिटो हुनु पर्ने बताउँदै मुख्य समस्या इन्टरनेटमा रहेको स्पष्ट पार्नुभयो । त्यस्तै मालपोत प्रमुख भोजबहादुर भण्डारीले दरबन्दी अनुसार कर्मचारी नहुनु, भएका कर्मचारी प्रविधिमैत्री नहुनु,इन्टरनेटमा समस्या आउनु, ससाना गल्ती भएपनि पुनः लाइनमा बस्नुपर्ने तथा प्राप्त तथ्याङक इन्ट्री नहुनु जस्ता समस्या पर्ने बताउनुभयो ।

सम्बन्धित् समाचार