नेपाली काग्रेसका प्रवतmा बिश्व प्रकाश शर्माले नेपाली काग्रेस सरकारको बिरोध मात्र गर्न नचाहेको बताएका छन । देशको बिकासका लागी सहमति र सहकार्य आवश्यक रहेको बताउदै उनले सरकारका सकारात्मक काम र गतिविधिमा काग्रेस साथ दिन तयार रहेको बताए छन । कपिलवस्तुको चार नः जितपुरमा नेपाली काग्रेसका कपिलवस्तुका जिल्ला नेता तथा अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै नेता शर्माले देशमा अराजकता भैलाएर काग्रेस जनता सामु राम्रो बन्न नचाहेको जिकिर गर्दै सरकारका सहि काममा साथ दिने बताए । साथै दुई तिहाईको दम्भ देखाएर काग्रेसलाई कमजोर नठान्न पनि उनले आग्रह गरेका छन । काग्रेस सरकारमा हुदा देशमा अराजकता भैलाएर जनता सामु राम्रो हुने बिश्वास राखेको कम्युनिष्ठहरुले जस्तै बिभिन्न बहानामा जनतालाई दुख दिन काग्रेसले भने नसक्ने बताए । कार्यक्रममा कार्यबाहाक बाणगंगा नगरसभापति बिष्णु थापा, सचिव रामजि सेन, तरुण दल जिल्ला सभापति खोम बहादुर सिहं ठकुरी, क्षेत्रीय सभापति तिलक थापा, महासमिति सदस्य दुर्गा सेन, नेबिसघं क्षेत्रीयसभापति चन्द्रकान्त पाखरेल लगायत सय बढिको सहभागिता रहेको थियो ।
गृहपृष्ठ Featured कम्युनिष्ठले जस्तै बिरोध मात्र गरेर देशमा अराजकता भैलाउन काग्रेस चाहदैन ः बिश्व प्रकाश