गृहपृष्ठ खबर जनता लाई विकास चाहिन्छ: पूर्व मंत्री मिश्र

जनता लाई विकास चाहिन्छ: पूर्व मंत्री मिश्र

प्रकाशित मिति:

पछिल्लो समयमा स्वतन्त्र राजनितीक समूहको भेला ले व्यापकता प्रदान गर्दै जनतामा लोकप्रियता हुदै गइ रहेका बेला उक्त समूह सँग अबद्ध नेता तथा कार्यक्रता हरुले कार्यकर्ता भेटघाट र वडा स्तरिय इकाइ गठन लाई तिब्रता दिदै क्रममा कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१२को बेदमऊ मा स्वतन्त्र राजनितिक समूह को भेला भएको छ ।

कार्यक्रमको अध्यक्षता श्री देवेन्द्र दत्त शुक्ला ले गर्नु भयेको थियो भने कार्यक्रम का प्रमुख अतिथि पूर्व मंत्री ईश्वर दयाल मिश्र तथा अतिथि परमेश्वर प्रसाद त्रिपाठी,साजिद अलि,रफीक खाँ,नुरुलहुदा मुसलमान,कमला प्रसाद यादव,दरोगा प्रसाद कुर्मी,कृष्ण कुमार चौधरी,रामराज चौधरी,रामवृक्ष यादव, रामदास यादव लगायत महिला पुरुष भद्रा भलादमि,शिक्षा प्रेमी पत्रकारहरु समेत लगभग ६०० जना को उपस्थिती थियो कार्यक्रमको उदघोषक सुदीप त्रिपाठी ले गर्नु भयो सम्बोधन दिने क्रममा प्रमुख अतिथि पूर्वमन्त्री एवं स्वतन्त्र राजनीतिक समूहका नेता आफू नेकपासँग एकताको प्रक्रियामा रहेको बताए ।

नेकपासँगको वार्ता पनि सकारात्मक रहेकाले यसलाई तार्किक निष्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे । पुर्बमंन्त्री ले भने, ‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारे पनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारे पनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारे पनि कुरा भएको थियो ।’ पुर्बमंत्री ले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई/मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘फोरम अहिले सरकारमा छ । तर, उसको प्रस्तुतिले गर्दा जनता निराश छन् ।

उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए रहेको चुनाव पछि कुनै पार्टी मा प्रवेश गर्नु भन्दा पूर्व जनता संग सुझाव सल्लाह लिएर मात्र पार्टी प्रवेश गर्ने त्यसकारण नै आज वडाका जनता को राय सुझाव लि रहेको। यो क्षेत्रमा बिकाश प्रेमी नेता को अवश्यक्ता रहेको साथै समय संग परिवर्तन हुनु पर्ने कुरा जोड दिनु भयो । जनता जागरुक भई इमान्दार नेता लाई छानेर आफ्नो भबिष्य आफै ले लेख्नु पर्ने जनता द्वारा चुनिएका प्रतिनिधि हरुले जनता को हितमा काम नगरे सबै एक जुट भएर त्यस्ता नेता विरुद्ध आवाज उठाउनु पर्ने भन्नु भयो । केन्द्र तथा प्रदेशसरकार जनभावना अनुरुप चलि रहेको र बिकास निर्माण प्रथामिकता दिएको ।स्थानिय जनप्रतिनिधी बाट जनता निराश भऐको गुनासो पोखनु भयो ।

यो क्षेत्रमा धार्मिक सहिषुणता विखण्डन गर्ने कार्य भई रहेको यो क्षेत्रका जनता लाई बिकाश चाहिन्छ बिनाष चाहिदैन भन्ने जस्तो तर्क प्रस्तुत गर्नु भयो। आजको भेला बाट कृष्ण चौधरी,दसरथ पासवान,कमला प्रसाद यादव,साधु प्रसाद यादव,प्रहलाद यादव,देवेन्द्र दत्त शुक्ला, रामराज चौधरी,सुदीप त्रिपाठी हरुको वडास्तरिय आठ सदस्सीय स्वतन्त्र राजनितिक समूहको इकाइ समिती गठन गरिएको छ।

सम्बन्धित् समाचार