गृहपृष्ठ खबर पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्टी कार्यक्रम सम्पन्न

पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्टी कार्यक्रम सम्पन्न

प्रकाशित मिति:
कपिलवस्तु/संवाददाता माघ ११
नेपाल भरीको बार्डर हरुमा बर्षो देखी पशु, पशु  र पशुजन्य तथा उत्पादन सामाग्री आयात गर्दा स्वास्थ्य अस्वास्थ्य चेक जाच गरी नेपाल भित्राउने पशु,पशुजन्य पदार्थ हरु कुनै किसीम को रोग त नेपाल भित्रा जादैन्न भनि सेवा दिने नेपाली जनता को हक हितमा काम गर्दै आएका पशु क्वारन्टाइन कृष्णनगर कपिलवस्तुको अयोजनामा माघ१० गते पशु क्वारन्टाइन समन्वय अन्तरक्रिया गोष्टी कार्यक्रम सम्पन्न भएको छ।
यो कार्यक्रम को प्रमुख अतिथी प्रमुख पशु चिकित्सक डा.सम्झना काफले(पशु सेवा बिभाग)
अमन्त्रित वरिष्ठ पशु चिकित्सक पशु क्वारन्टाइन भैरहवा का डा.गाँधी राय उपाध्यय,ईलाका प्रशासन कार्यलय चन्द्रौटा शाखा अधिकृत जगदीश आर्यल,पशु क्वारन्टाइन कृष्णनगर शाखा प्रमुख अनिल कुमार शर्मा लगायत का थिए।
उक्त कार्यक्रमको अध्यक्षता डा.गाधी राय उपाध्ययले गर्दै भनेकि हामीहरु प्रहरी प्रशासन द्वारा समन्वय गरी कार्य गर्नु पर्छा र पशु क्वारनटाइन भन्नाले कुनै पशु,पशुजन्य पदार्थ व पशु उत्पादन सामाग्री कुनै रोग लागेको छ व छैन भन्ने कुरा यकिन गर्ने पशु,पशुजन्य पदार्थ व पशु उत्पादन सामाग्री कुनै खास ठाउमा तोकिएको अवधिभर परिक्षण को लागि एकै साथ व छुट्टा छुट्टै राख्ने काम समझनु पर्छ । नेपालमा पशुपालन पेशालाई व्यवसायिक रुपमा अघि बढाउने देश भित्र पशु रोगको प्रकोप कम गर्नु पर्ने हुन्छ।
मन्तव्य राख्ने क्रममा प्रमुख अतिथि काफ्ले ले पहिलाको प्रविधीक हरुमा दुई हजार नया प्रविधिक थप भएका छन् पहिला पहिला केही ठाउहरुमा प्रविधिकहरुको समस्या थिए तर अहिले लगभग त्यो समस्या खत्म भई सकेको छ।
केही कारण बस कृष्णनगर को कार्यलय उल्टो तरिका ले स्थापित भएको बार्डरमा पहिला पशु क्वारन्टाइन पछि भन्सार कार्यलय हुनु पर्ने बताउनु भयो पशु,पशुजन्य पदार्थ निकासी पैठारी गर्दा अनिवार्य रुपमा लाग्ने कागजहरु छ भने पशु क्वायन्टाइन प्रमाण पत्र मात्रै दिने किनकि यी पशु,पशुजन्य पदार्थ हरु को माध्यम ले आफ्नो देशमा रोग आउने सम्भावना बढी हुने देखिन्छ।
आफ्नै देश मा पशू,पशुजन्य पदार्थ बढी उत्पादन गर्ना मा युवा वेरोजगारहरु लाई लाग्नुको लागि जोड दिए र प्रवेशमा रोकथाम लगाउन सक्ने अवस्था,कानुनी व्यवस्था दण्ड जरिवाना र सजाय लगायत बिषयहरुमा चर्चा परिचर्चा गर्दै गोष्टी बाट आएका केही बुदाहरु माथिल्लो निकायहरु संग छलफल गरि अवश्यक्ता परेमा लागु गर्ने बताउनु भयो।
यो कार्यक्रममा ईप्रका कृष्णनगर निरीक्षक सूर्य बहादूर बोग्टी,ईप्रका चन्द्रौटा निरीक्षक महेश्वर उपाध्यय,शसस्त्र गुल्म कृष्णनगर प्र.न.नि.रामकृष्ण हमाल,ईप्रका बहादूरगंज न.नि.रमेश गुरूङ्ग,राष्ट्रीय अनुसंन्धान का प्र.न.नि.शैलेन्द्र शुक्ला लगायत शिक्षा प्रेमी,समाजसेवी,पत्रकार,व्यवसायीहरुको उपस्थिति थियो।

सम्बन्धित् समाचार