प्रदेश नः ५ को राजधानी बुटवलमा कांग्रेसको युवा संगठन नेपाल तरुण दलले ¥याली सहित बिरोध प्रदर्शन गरेको छ । सातै प्रदेशका राजधानिमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत शनिबार तरुण दलले प्रदेश ५ को अस्थायी राजधानी बुटवलमा पनि पनि बिरोध प्रदर्शन गरेको हो । सभामा बोल्दै तरुणदलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कम्युनिष्ट सरकारले लोकतन्त्र र प्रजातन्त्र मास्न लागेको भन्दै सरकारविरुद्ध अन्तिम लडाईं लड्ने बेला आएको बताए । दुई तिहाईको दम्भ देखाउदै सरकारले हरेक कृयाकलाप गर्दै देशलाई अराजकता तर्फ लैजान खोजेको उनको भनाई छ ।
सहमति र सहकार्य गरेर काग्रेस अगाडी बढ्न चाहेको बताउदै एकलौटी रुपमा सरकार अगाडी बढेकाले अव मौन युवाहरु मौन रहे देश डुब्न सक्नेमा उनले जोड दिए । संविधानको धारा कुल्चिएर विभिन्न निर्णय गरेको भन्दै बस्नेतले सरकारले देशमा अस्थिरता निम्त्याएको आरोप लगाए । सो अवसरमा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाईँ, महासचिव भूपेन्द्रजङ्ग शाही , कोषाध्यक्षमा विद्वान गुरुङ, तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), नेपाली काग्रेस रुपन्देहीका पार्टी सभापति अब्दुल रज्जाक लगायतले पनि आआफनो धारणा राखेका थिए । सो अवसरमा १० हजार बढि तरुणहरुको सहभागिता रहेको थियो ।