शिबराज नगरपालिकाले नगरपालिका सम्बन्धी हरेक गुनासाहरु मोवाइलबाट गर्न सक्ने गरि एप्सको सुरुवात गरेको छ । नगरपालिकाले सञ्चालन गर्ने हरेक गतिबिधी सरल र सुलर्भ तथा सम्पुर्ण माझ सजिलै सुचना आदान प्रदान गर्नको लागी मोबाइल एप्सको सञ्चालन गरेको शिबराज नगरपालिकाका सुचना प्रविधि अधिकृत दिपक पौडेलले जानकारी दिनु भयो । मोवाइल एप्स बाट नगरपालिकाका हरेक गतिबिधी , योजना ,सुचनाहरु ,सुझाव गुनासो तथा समस्याहरु सजिलै एप्स मार्फत हेर्न र बुझ्न सकिने भएको हो ।
मोवाइल एप्स सञ्चालनमा आए सँगै जुनसुकै स्थान बाट नगरपालिकाको बिषयमा जानकारी लिन सकिने भए पछि नगरपालिकाका सम्पुर्ण वडाको बारेमा देश तथा बिदेश बाट सजिलै जानकारी प्राप्त गर्न सकिने छ । पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग अत्याधिक बढेकोले सामाजिक सञ्जालबाटै आफ्ना कुरा राख्न सक्ने गरि प्रबिधिको बिकासमा जोड दिएको अधिकृत पौडेलले जानकारी गराउनु भयो ।कार्यलयमा गुनासो पेटिका रहे पनि कुनै गुनासो नआउने गरेकोले एप्स मार्फन गुनासो लिन सुरु गरेका बताउदै नगरपालिकाले नगरपालिकाको गुनासो सुन्नको लागी टोल फ्री नम्बरको सुबिधाको समेत तयारी रहेको नगरपालिकाले जनाएको छ ।