कपिलवस्तु जिल्लाको यशोधरा गाँउपालिका वडा नम्बर १ तिर्तिर्खीमा नेकपा र मधेसबादी दल परित्याग गरि २ सय बढि नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका छन । वडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा काँग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेय, क्षेत्रिय सभापति तथा गाँउपालिका प्रमुख गृजेश कुमार पाण्डेय, महासमिती सदस्य देवी प्रसाद वर्मा र जिल्ला सदस्य ओम प्रकाश गुप्ताले नव प्रवेशीलाई अबिर लगाई पार्टी प्रवेश गराएका थिए । काँग्रेस प्रवेश गरेका अधिकांसले तत्कालिन माओबादीमा लागेकै कारण अनेकौ यातना खेप्नु परेको तर पार्टी एमालेमा बिलीन भएको, कार्यकर्ताको भावना समेटन नसकेको र निर्वाचन पश्चात निश्चित क्षेत्रका आफना कार्यकर्तालाई मात्रै प्राथमिकतामा राखेको आरोप लगाए ।
समाजलाई एकताको सुत्रमा बाधने कार्य गरेकाले आफुहरु काँग्रेस प्रवेश गरेको उनीहरुको भनाई थियो । प्रवेश कार्यक्रममा बोल्दै युवा नेता गोपीकृष्ण शर्माले वर्तमान सरकारले नागरिकलाई शान्ति सुरक्षा प्रदान गर्न र जनमुखी कार्य गर्न नसकेर असफलता उन्मुख भएको बताए । त्यस्तै महासमिती सदस्य देवी प्रसाद वर्माले बिश्वमा असफल भएको कम्युनिष्ट नेपालमा हुदाँ नागरिकले सास्ती पाएको बताए । कम्युनिष्टले सरकारले आफना कार्यकर्ता बाहेक अरु नागरिकलाई जनताका रुपमा नदेखेको तर आफुहरुले बिकास निर्माण तथा नागरिकका समस्या समाधानमा कहिल्यै पक्षपात नगरेको क्षेत्रिय सभापति गृजेश कुमार पाण्डेयले बताए । आफुहरु कुरा भन्दा काममा बढि बिश्वास राख्ने भएकाले नागरिक सँग सधै साथ रहेको उनको भनाई थियो । जिल्लाबाट निर्वाचित जन प्रतिनिधीले योजना छनौटमा यशोधरा गाँउपालिका र कपिलवस्तु नगरपालिका क्षेत्रलाई बिभेद गरेको काँग्रेसका पुर्व जिल्ला सभापति सुधाकर पाण्डेयले आरोप लगाए । जिल्लाकै मन्त्री हुदाँ समेत किसानले सहज रुपमा मल नपाएको र छिमेकी देशबाट मलखाद ल्याउदा समेत प्रशासनको सास्ती खेप्नु परेको उनको भनाई थियो । बर्तमान सरकारले सबै क्षेत्रमा सोझो हस्तक्षेप गरेर नागरिक सर्वोच्चता खोस्न खोजेको पाण्डेयको आरोप थियो ।