कपिलवस्तु जिल्लामा जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेले सवारी चालकको सवास्थ्य परिक्षण गरेको छ । जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गेले सवारी चालकको स्वास्थ्य परिक्षण गर्दै सवारी चालकलाई आफनो स्वास्थ्य अवस्थाका बारेमा सचेत गराएको हो । महेन्द्र लोकमार्ग अन्र्तगत कपिलवस्तुको गोरुसिङ्गे अर्घाखाची चोकमा सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय गोरुसिङ्गले जानकारी दिएको छ । सो अवसरमा ३२ जना सवारी चालकको स्वास्थ्य परिक्षण गरिएको बताइएको छ । ट्राफिक कार्यालय गोरुसिङ्गले यसरी स्वास्थ्य परिक्षण गर्दा राम्रो लागेको बताउदै यसलाई निरन्तर गरी रहनु पर्ने सवारी चालक राम थारुले बताए ।
शारिरिक तथा मानसिक रूपमा स्वच्छ नभएको चालकले यात्रा गन्तव्य सम्म पुराउन नसक्ने निष्कर्ष सहित जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले यस्तो अभियान सुरू गरेको हो ।
जस अनुसार हप्तामा दुइ दिन आइतबार र बिहीबार चालकहरुको स्वास्थ परिक्षण हुने गरेको जिल्ला ट्राफिक कार्यालय कपिलबस्तुले जनाएको छ । प्रदेश नं ५ को पहाडी जिल्ला अर्घाखाँचीको सन्धिखर्क सडक खण्ड अन्र्तगत गोरूसिङगेमा चालकको बि पि सन्तुलन छ कि छैन थाहा पाउनका लागि चालकको स्वास्थ्य जाँच गरिएको कार्यालय प्रमुख प्रहरी निरीक्षक बाबु राजा पन्तले बताए । प्रमुख प्रहरी निरीक्षक बाबु राजा पन्तले सडक प्रयोग गर्दा तथा सवारी साधन चलाउदा ध्यान दिनु पर्ने बिषयको बारेमा चालक हरु लाई प्रशिक्षण दिनु भएको थियो । स्वास्थ रिपोर्ट अनुसार अधिकांस चालकहरुमा उच्च रत्तचाप रहेको पाइएको ट्राफिक प्रहरी नारायण घिमिरेले जानकारी दिए ।