गृहपृष्ठ खबर पुर्व मन्त्री राणाद्धारा शहिद सेनकाे परिवारसगं भेटघाट

पुर्व मन्त्री राणाद्धारा शहिद सेनकाे परिवारसगं भेटघाट

कपिलवस्तु बाणगंगा नगरपालिकाका स्वर्गिय शहिद राजेश सेनका घरपरिवारसगं नेपाल तरुण दलका निवर्तमान अध्यक्ष तथा पुर्व अर्थ राज्यमन्त्री  उदय शमशेर राणाले भेटघाट गरेका छन । बाणगंगा जितपुरमा रहेको उनकै घरमा पुगेर भेटघाट गरेका हुन । शहिद सेन परिवारकी आमा बुहारी आफन्तसगै बोल्दै राणाले  राजेशसेनको मृत्युले पार्टीले ठुलो चोट पाएको राणाले बताए । तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका सभापति खोम बहादुर सिहं ठकुरी(शतिm), महासमिति सदस्य दुर्गासेन,  लगायतकाे सहभागिता रहेको थियो । सेनको ७२ माघ २८ गते चार नः जितपुरमा गोली हानी हत्या गरिएको थियो ।

सम्बन्धित् समाचार