प्रमुख विपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ कपिलवस्तुले आयोजना गरेको सरकारका कार्यको विरोध स्वरुप प्रधानमन्त्रीको पुत्लादहन गर्नेक्रममा नेविसंघका सहमहामन्त्री सहित जिल्लाका ८ जना कार्यक्रताहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
सहमहामन्त्री प्रकाश घिमिरे, नेविसंघका जिल्ला सभापति राकेश पाण्डे, जिल्ला सचिव राजु खराल, जगदिश पाण्डे, राजेश उपाध्याय, धिरेन उपाध्याय, पार्टी जिल्ला सदस्य प्रमेश्वर पाठक, निलकण्ठ ढुंगेल लगायतका जिल्ला नेताहरुले कपिलवस्तु प्रहरीले गिरफ्तार गरेको कांग्रेसले जनाएको छ । प्रहरीले नेता तथा कार्यक्रताहरुलाई गिरफ्तार गरेपछि अन्य कार्यक्रताहरुले भने सरकार विरुद्ध चर्का नारावाजी गर्दै रिहाईको माग गरेका थिए ।
यसै विच नेपाली कांग्रेस पार्टी सभापति सुरेन्द्रराज आर्चायले विद्यार्थीहरुको शान्तिपुर्ण आन्दोलनमा प्रहरीको धरपकट हुनु अत्यन्त निन्दनिय कार्य भएको वताएका छन् । प्रकाउ परेका कार्यकर्ताको अविलम्व रिहाइ नगरे नेपाली कांग्रेस कडा आन्दोलनमा उत्रने सभापति आर्चायले बताएका छन् ।
लोकतन्त्रमा शान्तिपुर्ण आन्दोलन गर्ने अधिकार हुंदा हुंदै प्रहरी प्रशासन र सरकारले दमन गर्नु लोकतन्त्र विरुद्धको कार्य भएको हुंदा कांग्रेस र जनता चुप लागरे नवस्ने उनले बताए ।