गृहपृष्ठ खबर सामाजिक बिकृति बिरुद्ध युवाको सक्रियता

सामाजिक बिकृति बिरुद्ध युवाको सक्रियता

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकामा सामाजिक बिकृति विरुद्ध उज्यालो नेपाल कपिलवस्तुले खुल्ला नृत्य प्रतियोगिताको आयोजना गरेको छ । बाणगंगाको ठाकुरापुरमा भएको कार्यक्रममा सामाजिक विकृती बिरुद्द लागुपदार्थ दुर्व्यसनीको अन्त्य गरौ भन्ने नारा सहित उक्त नृत्य प्रतियोतिाको आयोजना गरिएको हो । युवा लक्षित कार्यक्रमहरुको आयोजना गरिए युवाहरूलाई दुर्ब्यसनी र कुलतबाट टाढा राख्न सकिने बताउदै , रचनात्मक कृयाकलाप अहिलेका युवाका लागी आवश्यक रहेको कार्यक्रमका प्रमुख अथिति खोम बहादुर सिहं ठकुरी(शतिm)ले बताए । कार्यक्रममा वडा नः ४ का वडा अध्यक्ष गणेश बहादुर क्षेत्री, नेविसंघका क्षेत्रीय सभापति चन्द्रकान्त पोख्रेल,राजेश आस्था फाउन्डेसनका बिनोद भुसाल,युवा ब्यक्तित्व रबिन अर्याल,बिनेश मल्ल,ठाकुरापुर टोल बिकास समितीका अध्यक्ष कृष्ण पराजुली,बाणगङ्गा वेलफेयरका महासचिव दिनेश क्षेत्री लगायतले प्रतियोगिताको सफलताको शुभकामना दिएको उज्यालो नेपालका अरनि मल्लले जानकारी दिए । कार्यक्रममा युवाहरुमा लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्य सङ्गै छनोट भएका ३१ जना प्रतिस्पर्धिहरु मध्य प्रतिस्प्रधा गराइने सेमी र फाइनल सम्म टप २० प्रतिस्पर्धी हरुलाई छनोट गरी निर्णायक हरुको निर्णय अनुसार फाइनलमा लैजाने उज्यालो नेपालका संयोजक अमृत पौडेलले जानकारी दिए ।

सम्बन्धित् समाचार