कपिलवस्तुको बाणगंगा २ पिपरामा रहेको हिलबर्ट इङ्गलीश वोडिङ स्कुल पिपराले सप्ताह व्यापी कार्यक्रम अन्र्तगत आइतबार जेष्ठ नागरिकलाई सम्मान गरेको छ । बिद्यालयमा अध्ययन गर्ने बिद्यार्थीहरुका ७५ बर्ष माथिका अभिभावक तथा जेष्ठ नागरिकलाई हिलबर्टले सम्मान गरेको हो । कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ४ का वडा अध्यक्ष गणेश क्षेत्रीले बिद्यालयले जेष्ठ नागरिकलाई सम्मान कार्यक्रम आयोजना गर्नु उदारणीय भएको बताउदै यसबाट जेष्ठ नागरिकलाई सम्मान गर्ने प्रवृतिको बिकास हुनेमा आफु बिश्वस्त रहेको बताए । कार्यक्रममा प्याप्सन कपिलवस्तुका कोषाध्यक्ष धिरज सिहं,बिद्यालयका ब्यवस्थापन समितिका अध्यक्ष दिपक खनाल, बिद्यालयका प्रिन्सिपल सुरेन्द्र पोण्डे, शिक्षक डिल्लीराज पाण्डे लगायतले आआफनो धारणा राखेका थिए । ६५ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको र २२ गते बृहत कार्यक्रमको आयोजना गरिएको बिद्यालयका प्रवन्ध निर्देशक बुद्धि पौडेलले जानकारी दिए । हिलबर्टले सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत बिभिन्न रचनात्मक कार्यक्रमको आयोजना गर्दै आई रहेको छ ।
हिलबर्टद्धारा जेष्ट नागरिकलाई सम्मान


लोकप्रिय
सबैभर्खरै प्रकाशित
सबैकालीगण्डकीमा बेपत्ता भारतीय नागरिक भेटिएनन्
४ घण्टा अघि
बुटवल–गोरुसिङ्गे सडकखण्ड : रुख कटानको काम सकियो
४ घण्टा अघि