गृहपृष्ठ Featured अब जनताको गोजो कहिल्लै नरित्तिने-प्रधानमन्त्री ओली

अब जनताको गोजो कहिल्लै नरित्तिने-प्रधानमन्त्री ओली

प्रकाशित मिति:
खरीबोट

एकबर्षमा अहिलेसम्म कै उत्कृष्ट काम भएको भन्दै प्रधानमन्त्री ओलीले यसको विस्तृत विवरण सरकारले सार्वजनिक गर्ने बताए । उनले यो देश बनाउने कुरा भएकाले सरकारले स्पष्ट मार्गचित्र, योजना र कार्यक्रमका साथ अगाडी बढेको दाबि गरे । उनले शिक्षा स्वास्थ्यलगायतका क्षेत्रमा योजनाका साथ अगाडी बढिरहेको बताए ।

प्रधानमन्त्री ओलीले अब नेपालको गरिब नेपालको परिचय बदलिने बताउदै १० बर्ष भित्र नेपाल विकासको बाटोमा अगाडी बढ्ने बताए । अहिले सरकारमा बसेर हल्लिएर बस्ने, सरकार टिक्न नदिने, अहिले कुरा बोकेर दिन बिताईरहेको भन्दै यसलाई रोक्न जनताले भिजनसहितको सक्षम सरकार जनताले नै बनाएको बताए ।

यस कार्यक्रमले आफुलाई आत्म निर्भर बनाउने, विदेशमा गएको पैसा नियन्त्रण हुने भन्दै प्रधानमन्त्री ओलीले पहिलो सेयर आफुले किन्ने बताए ।

के हो जनताको जलविद्युत आयोजना :

स्वदेशी लगानीमै नेपालभित्र ३ हजार मेगावाटभन्दा बढी जलविद्युत आयोजना सञ्चालन गर्ने सरकारको नीति तथा कार्यक्रम अनुसार सरकारले यो कार्यक्रमको औपचारिक घोषणा गर्न लागेको हो ।

‘नेपालको पानी, जनताको लगानी: हरेक नेपाली जलविद्युतको शेयर धनी’ भन्ने मूल नारा तय गरिएको यस कार्यक्रममा सरकारले ३ हजार ७ सय ७९ मेगावाट क्षमताको १९ वटा जलविद्युत आयोजना छनौट गरिसकेको छ । यस आयोजनामा सर्वसाधारणको ३९ प्रतिशत शेयर तथा प्रभावित क्षेत्रका जनताको १९ प्रतिशत शेयर रहने गरी कानुनी व्यवस्था पनि गरिएको उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ ।

कार्यक्रमअन्तर्गत यस आयोजनाका लागि झण्डै ६ खर्ब बजेट लाग्ने अनुमान गरिएको छ ।

जनताको लगानीमा बनाइने आयोजनामा किमाथांका अरुण ४८२ मेगावाट, अपर अरुण ७२५ मेगावाट, इखुवा ३० मेगावाट, अरुण (४) ३७२ मेगावाट, धुन्सा खोला ७२ मेगावाट, सिम्बुवा खोला ७० मेगावाट, तामाकोसी (५) ९९६ मेगावाट, त्रिशूली-३ बी ३७ मेगावाट, बूढीगण्डकी ग्वारखोला ६० मेगावाट, बूढीगन्डकी प्रोक (१), १०० मेगावाट, बूढीगन्डकी प्रोक (२), २४० मेगावाट बूढीगन्डकी (क) ७५ मेगावाट, भेरी बबई डाइभर्सन ४८ मेगावाट, फुकोट कर्णाली ४९२ मेगावाट जगदुल्ला (१) ९२ मेगावाटम जगदुल्ला (२) ६५ मेगावाट, चैनपुर सेती २१० मेगावाट, सेती नदी (३) १६३ मेगावाट, अपर सेती ५० मेगावाट रहेका छन् ।

सम्बन्धित् समाचार