गृहपृष्ठ खेलकुद सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न

सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न

प्रकाशित मिति:

सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला  बुटवलमा सम्पन्न भएको छ ।

भेलाले विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा उपेन्द्र यादव,राजकुमार हरिजन ,मुख्य सचिवमा अफजल खान,सचिव अमरेश प्रताप सिंह,केशव कुमार सारु र कोषाध्यक्षमा मिना सोमै रहनु भएको छ ।पार्टी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता एवं राजनितिक समिति सदस्य मा.सहशराम यादवको प्रमुख अातिथ्य तथा केन्द्रीय सदस्य पुर्णबहादुर बस्नेत र बैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवारको विशिष्ट अातिथ्यमा सम्पन्न भेलामा पुर्णबहादुर बस्नेत ,सहशराम यादव लगायतकाले अा-अाफ्नो धारणा राख्नु भएको थियो ।

प्रदेश समिति सदस्य हरिकला थापा मगरको स्वागत मनतव्य वाट शुरु भएको कार्यक्रमको संचालन हिमानी थापा मगरले गर्नु भएको थियो ।ससफो नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले जानकारी दिनु भयो।

सम्बन्धित् समाचार