गृहपृष्ठ खेलकुद सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न

सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला बुटवलमा सम्पन्न

सङ्घीय समाजवादी फोरम नेपालको भातृ संगठन सङ्घीय खेलकुद महासंघ प्रदेश नं.५ को प्रदेश स्तरीय भेला  बुटवलमा सम्पन्न भएको छ ।

भेलाले विरेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा १७ सदस्यीय प्रदेश समिति गठन गरेको छ ।समितिको उपाध्यक्षमा उपेन्द्र यादव,राजकुमार हरिजन ,मुख्य सचिवमा अफजल खान,सचिव अमरेश प्रताप सिंह,केशव कुमार सारु र कोषाध्यक्षमा मिना सोमै रहनु भएको छ ।पार्टी प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवको अध्यक्षता एवं राजनितिक समिति सदस्य मा.सहशराम यादवको प्रमुख अातिथ्य तथा केन्द्रीय सदस्य पुर्णबहादुर बस्नेत र बैकल्पिक केन्द्रीय सदस्य नवीन सुनुवारको विशिष्ट अातिथ्यमा सम्पन्न भेलामा पुर्णबहादुर बस्नेत ,सहशराम यादव लगायतकाले अा-अाफ्नो धारणा राख्नु भएको थियो ।

प्रदेश समिति सदस्य हरिकला थापा मगरको स्वागत मनतव्य वाट शुरु भएको कार्यक्रमको संचालन हिमानी थापा मगरले गर्नु भएको थियो ।ससफो नेपाल प्रदेश नं ५ का प्रवक्ता अकरम पठान ले जानकारी दिनु भयो।

सम्बन्धित् समाचार