गृहपृष्ठ Featured १० वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ

१० वर्षीया बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ

प्रकाशित मिति:

धनुषा – जनकपुरमा १० वर्षकी बालिका बलात्कार प्रयासको आरोपमा भारतीय नागरिक पक्राउ परेका छन् ।

बलात्कार प्रयास आरोपमा भारतको बेतिया जिल्ला जमुनिया ग्राम पञ्चायत ३ घर भई अहिले जनकपुरधाम उपमहानगरपालिका ४ बस्ने बस्ने ५० वर्षका सञ्जय ठाकुर रहेको प्रहरीले जनाएको छ ।

जनकपुर उपमहानगरपालिका घर भएकी १० वर्षीया बालिकालाई घर पुर्‍याइदिन्छु भन्दै लगेर बलात्कार प्रयास गरेको भन्ने आरोपमा ठाकुरलाई आइतबार साँझ पक्राउ गरिएको हो । घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

 

सम्बन्धित् समाचार