गृहपृष्ठ Featured ७ दिने मुढा बनाउने तालिम सम्पन्न ,

७ दिने मुढा बनाउने तालिम सम्पन्न ,

प्रकाशित मिति:

वैखरी फागुन १० – भलवाड सामुदायिक सिकाई केन्द्र सि एल सिको आयोजनामा वाणगंगा नगरपालिका ९ जिनुवा स्थित खोजिपुर सामुदायिक बनको भवनमा ७ दिने मुढा बनाउने तालिम समापन भएको छ ।

वाणगंगा वडा नम्बर ९ का वडा अध्यक्ष श्री धुव्र बेल्वासेको प्रमुखि आथितियता , भलवाड सिकाई केन्द्र तथा शुद्धोदन मा.वि जिनुवाका प्रचार्य टेकलाल अधिकारी , टोल विकास संस्थाका अध्यक्ष नेत्र खनाल , पत्रकार नवराज बेल्वासे , प्रशिक्षक डम्बर बहादुर अधिकारी लगाएतको आथितियता मा तालिम समापन भएको थियो । प्रमुख अथिति बेल्वासेले मुढा बनाउने तालिम केहि ग्राहो भएता पनि यसले राम्रो बजार भाउ पाउदै यस तालिमले सहभागितामा एउटा लघु व्यवसायिक जिवनको सरुवात भएको बताउनु भएको थियो ,

उहाँले मिहेनत भनेको कसरी गर्नु पर्छ भन्ने कुरा थारुले बनाउने ढकियामा गरेको मिहेनत र त्यसको बजार भाउ भन्दा मुढामा गरेको मिहेनत कम हुदैँ यसको बजार भाउ पनि राम्रो भएकाले र्फुसदको समयमा मुढा बनाउने कार्यलाई निरन्तरता दिनु पर्ने बताउनु भएको थियो उहाँले थप्नु भयो यदि यस तालिमलाई निरन्तरता लिएको पाइएमा पुन यहिँ तालिमलाई निरन्तरा दिदै केहि लामो समय सम्म तालिम सञ्चालन गर्ने कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रम भलवाड सामुदायिक सिकाई केन्द्रकी अध्यक्ष निम कुमारी थापाको अध्यक्षता , सदस्य शान्ता पोख्रेलको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन संस्थाकि परिचालिका कमला अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको समापन गदैँ अध्यक्ष थापाले तालिममा सहभागि सम्पुर्णलाई धन्यवाद दिदै अबका दिनहरुमा मुढा बुन्ने कार्यलाई निरन्तरता दिन जोड दिनु भएको थियो ।

सम्बन्धित् समाचार