गृहपृष्ठ खबर कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रमुख अथिति प्रचण्ड सँगै मुसहरा कार्यक्रम सम्पन्न

कपिलवस्तुको विजयनगर गाउँपालिकामा प्रमुख अथिति प्रचण्ड सँगै मुसहरा कार्यक्रम सम्पन्न

प्रकाशित मिति:

कपिलवस्तु को विजयनगर गाउपालिका को हरिबोध प्रा.वि. मा कवि सम्मेलन तथा मुसायरा कार्यक्रम सम्पन्न भएको छ। जस्को प्रमुख अतिथि नेकापा अध्यक्ष दाहालले विजयनगर गाउँपालिकाको समुन्नत विकासका लागि आफूले सहयोग गर्ने प्रतिबद्धतासमेत जनाए त्यस अघि विजयनगर गाउँपालिकामा आयोजित कवि सम्मेलनको उनले उद्घाटन गरेका थिए ।

त्यसक्रममा कार्यक्रमको आयोजक विजयनगर गाउँपालिकाका अध्यक्ष गोपालबहादुर थापामगरले अध्यक्ष दाहाललाई स्मरणपत्र बुझाएका थिए ।प्रचण्ड ले सड़क निर्माण, कृषि विकास, रोजगारी लगायत अन्य क्षेत्र मा विकास गर्न सदैव तत्पर रहेको, र सरकार को तर्फ वाट पनि पुरै सहयोग रहने प्रतिबद्धता रहने वताउदै समय अभाव का कारण छोटो मन्त्वय राखनुभयो। पशुपक्षी विकास तथा कृषि मंत्री चक्रपाणि खनाल ले कृषि क्षेत्र को विकास गर्न आफू सदैव तयार रहेको कुरा बताउनु भयो।

माननीय पूर्व मंत्री हृदेश त्रिपाठी ले आर टि ओ सडक र नौमुरे को पानी आएमा मात्र विजयनगर को विकास हुने, नेपाल भारत को संबन्ध जन जन ले बनाएको संबंध हो यो अरू कसैले होइन। किसान ले पनि आफू उत्पादन गरेको वस्तु को मूल्य आफै निर्धारण गर्नु पर्ने कुरा मा जोड दिदै कृषि मा होइन किसानमा लगानी गर्नु पर्ने कुरा बताउनु भयो।

पूर्व मंत्री माननीय वृजेश कुमार गुप्ता, पूर्व मंत्री इश्वर दयाल मिश्र, प्रदेश सांसद अर्जुन कुमार के सी, विरेन्द्र कुमार कनोडिया, धर्म बहादुर लाल श्रीवास्तव यूवा नेता जाबेद खान, श्याम कुमार मिश्र, सुनिल मोदनवाल लगायत हजारौं जनता को उपस्थित रहेको उक्त कार्यक्रममा नेपाल र भारतका एक दर्जनभन्दा बढी कवि र साहित्यकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार