धनगढी स्थित प्रस्तावित फाप्ला अन्तर्राष्ट्रिय स्टेडियममा आज सम्पन्न फाईनल खेलमा महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै अत्तरियाले उपाधि कब्जा गरेको हो ।

महेन्द्रनगर युनाइटेडले जितको लागि दिएको १२४ रनको लक्ष्य अत्तरियाले १९.५ ओभरमा ७ विकेट गुमाएर भेट्याएको हो । अत्तरियालाई उपाधि दिलाउने क्रममा ब्याटिङ तर्फ भारतिय खेलाडी जय किशन कोल्सावालाले ३० , सन्नी पटेलले अविजित ४७ , कप्तान दीपेन्द्र सिह ऐरीले १७ , ज्ञानेन्द्र कुवरले ७ , सन्दिप जोराले २ रनको योगदान दिएका थिए ।
बलिङतर्फ महेन्द्रनगरका सागर ढकालले २ , साहब आलमले १ , महोम्मद नभिदले २ र अबिनास बोहराले १ विकेट लिएपनि टिमलाई उपाधि भने दिलाउन सकेनन ।
यसअघि टस जितेर पहिला ब्याटिङ गरेको महेन्द्रनगरले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १२३ रनको योगफल तयार पारेको थियो ।








