कटक्क मनले खाएसी कस्को के लाग्नी रैचर्तो !! कसले तपाइँको मन कटक्क खायो भन्ने प्रश्नमा मन आकर्षक चिज सबैले खाने र सबैमा मन बस्ने कुरा बताए मुकुन भुसाल । – चोपेन्द्र ( मुकुन ) भुसाल अर्घाखाँचीमा जन्मेर -चलचित्र एक्टिङमा Graduation Oscar film college काठमाडौं बाट र -Film acting मा masters degree Sobhit university ईन्डिया बाट पूरा गरेका कलाकार मुकुन भुसाल कलाकार होइन कला पुजिनुपर्छ भन्छन ।
मुकुन यो बिधामा तेत्तिकै नबुझिकनै हामफाल्ने कलाकारको सुचिमा चै पर्दैनन् ! नेपाली सबैखाले कला र कलाकारको खुब सम्मान गर्न आउँछ उनलाइ ! विभिन्न अन्तरबार्तामा उनलाई सोधिएका प्रश्न हरुबाटै पनि प्रष्ट हुन्छ उनी बोल्दा खुब बिचार गरेर सबैको आत्मसम्मान गरेरै बोल्ने कलाकार मध्य एक हुन ! कलाले खुब अर्थ बोकोस् ! अनि कलाकार ले कला पस्किन जानोस् तबमात्र दर्शक सङ्ग दर्शनको सामिप्यता बड्छ भन्छन मुकुन भुसाल । फ्लिम बुलबुलको चोपेन्द्र चरीत्र र निर्बाहक मुकुन अहिले नेपाली सिनेबजारको चासोको पात्र मात्र होइनन् उनिसङ नेपाली सिने नगरीले खुब अपेक्षा गरेको पनि छर्लङ्ग देखिन्छ !
“साँघुरो ” चलचित्र को स्क्रिप्ट लेख्नुभएका बिनोद पौडेल ले नै बुलबुल लेख्नुभएको हो र यो चलचित्र बुलबुल पनि “साँघुरो ” भन्दा कम विशेष नरहेको मुकुन बताउछन् । “साँघुरो ” मास्टरपिस थियो यो त झन डबल मास्टर पिस नै भएको पनि एउटा अन्तरबार्ता मा मुकुनले भनेका छन् । सर्लक्क सिउँदो काटेको कपाल, च्याट्ट पारेर मिलाएको झुसिल्किरे जुँगा, अनुहारमा सधैं नार्सिस्टिक मुस्कान अनि अर्घाखाँचीबाट झरेको झररो बोली, चोपेन्द्र भुसाल आफ्नो नामजस्तै अजिबको छ । हाम्रा सिनेमाका नायकको परम्परागत मानकभन्दा चोपेन्द्र उल्टो छ । कहाँ हिलोमा भुस्तिघ्रेहरूलाई लगार्दै पछार्ने हाम्रा सिनेमाका मुस्तन्डे नायक, कहाँ प्यासेन्जरले भाडा नदिएर निहुँ खोज्दा खुट्टा लगलग कपाउने चोपेन्द्र भुसाल चोपेन्द्र टिठलाग्दो छ । बुलबुलमा चोपेन्द्र प्रति दर्शकलाइ गुनासो चैं छ चोपेन्द्र किन अझै विशेष प्रस्तुत हुन सकेन अथवा चोपेन्द्र भुमिका अझै लम्ब्याउन मिल्दैनथ्यो सिनेमा मा ।
सिनेमा भित्र यो सहरमा उसलाई पाखे जस्तै देखिन्छ। तर चोपेन्द्रको शैली र उसको बोली उसले खुवाउने चाजस्तै गुलियो लाग्छ । अर्घाखाँची र गुल्मीको काफल टिपेर पातसङ्गै डालामा राखेर बजार पुराएझै त्यो भाषागत बस्तुस्थीती टिप्ने चोपेन्द्रलाइ कहिकतै खोटलाउने ठाउँ नै छैन । उसको बर्कतले भ्याएको मेहनत स्पस्ट देखिन्छ चलचित्रमा । सहरको भीडभाडबाट चोपेन्द्र अचानक प्रकट हुन्छ र अचानक अलप हुन्छ । तर, जतिबेर आफ्न हत्कण्डा गरी रहन्छ एउटा निर्दोष, अड्बाङे, फेद–टुप्पो नमिलेको चोपेन्द्रले मनलाई शीतल बनाइरहन्छ । झलकमान गन्धर्भको ‘आमैले सोध्लिन् नि खै छोरा भन्लिन्’ भन्ने गीत गाएर तरुनी पट्याउन खोज्ने यो निर्दोष चौकीदार, महानगरको गल्लीतिर कतै भेटौं र उसको हबिगत हेरौं भन्ने आस जगाएर जान्छ । चोपेन्द्र भीडको बीचबाट अचानक किन झुल्कियो । धेरै प्रश्नहरू अनुत्तरित छोडेर चोपेन्द्र हराउछ। तर, उसको झझल्को चलचित्र बाहिर पनि रहिरहन्छ। पश्चिमाञ्चलका केही सिने थिएटरमा हामी पुगेर दर्शक को मनोकाङ्क्षा बुझेका थियौ जहाँ हजारौं चोपेन्द्र उस्तै निर्दोष हेरिरहेका थिए बुलबुल लाई कठै !
चोपेन्द्र र वाह बुलबुल दुबै पस्किरहेका थिए । चलचित्रले कत्ती ब्यापार गर्यो एउटा अर्थ लाग्ला तर चलचित्रमा चोपेन्द्र निर्बाहक मुकुनको अभिनयको चर्चाले सिङ्गो देश र लुम्बिनी प्रदेश लालायित छ । खायो,चोपेन्द्रेले कटक्कै मन खायो । भन्दै हलबाहिर बाट निस्केको एउटा हुल को हरेक आँखामा चोपेन्द्र छर्लङ्गै देखिन्थ्यो ।