फाल्गुन-१३,आदर्श सुशिल, देवचुकी नेपाल सरकार सामाजिक बिकास मन्त्रालय गण्डकी प्रदेशको आयोजनामा पोखरामा आयोजित वृहद बाल भेलाले नवलपुर देवचुलीकी आस्मा अर्याललाई सचिवमा नियुक्त गरेको छ।
गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्री नरदेवी पुनको अध्यक्षता तथा मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ्गको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो। भेलाले कास्की जिल्लाकी दीपा आचार्यको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा म्याग्दीका पुस्कर पुन,सचिवमा नवलपुरकी आस्मा अर्याल, सह-सचिवमा स्याङ्जाका बिशाल खनाल,कोषाध्यक्षमा मुस्ताङ्गका बिराज राना क्षेत्री र सदस्यहरुमा श्रीस्टिका पाण्डे,राजेश परियार,गोविन्द गौतम,सुस्मिता चौधरी ,लक्ष्मी बुढा मगर,प्रकृती दवाडी,अमृता पौडेल,निश्चल गुरुङ्ग,नवराज पाठक र कविता गोतामे नियुक्त भएका छन् ।
प्रत्येक जिल्लाबाट १/१ सदस्य र चार जना मनोनित गरि १५ सदस्यीय कार्यसमिती बनाएको हो। मनोनित कार्यसमिती सदस्य नवराज पाठक पनि नवलपुरका हुन् । उनि मध्यबिन्दु नगरपालिका बाल सञ्जालका अध्यक्ष हुन् । सचिवमा नियुक्त आस्मा नवलपरासी बाल सञ्जालकी सचिव पनि हुन् । उनि गत बर्ष सन् २०१८ अक्टोबरमा ताइवानमा सम्पन्न एसियन गर्ल क्याम्पेनमा एसियन गर्ल हुमन राइट अवार्डको बिजेता बन्दै एसियन गर्ल एम्बासडर पनि बन्न सफल भएकी थिइन । उनी वि.सं. २०६९ सालमा भृकुटी इङलिस बोर्डिङ स्कुलबाट बाल सन्जालमा आवद्ध भएकी थिइन् ।