कपिलवस्तु जिल्ला को विजयनगर गाउँपालिका वडा नं ४ शंकरपुर मा हुने प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिता को तयारी सम्बन्ध मा पत्रकार सम्मेलन सम्पन्न भएको छ ।
जस्मा विजयनगर गाउँपालिका का अध्यक्ष गोपाल थापा ले आएका सम्पूर्ण पत्रकार लाई स्वागत गर्दे उक्त खेल को लगभग सम्पूर्ण तयारी भई सकेको र खेलकुद ले युवा लाई एकजुट बनाउन, समाज मा सद्भाव कायम गर्न, सचेत नागरिक बनाउन,र व्यक्ति को शारीरिक, मानसिक क्षमता बढाउन का साथै समुहमा मिलेर कार्य गर्ने बानी को विकास गराउन सहयोग पुग्ने धारणा राख्नु भयो। जस्को उद्घोषक राम अर्जुन बेल्वासे ले गर्नुभएको थियो ।
प्रथम अध्यक्ष कप खुल्ला नकआउट फुटबल खेल प्रतियोगिता को आयोजक हरियाली युवा क्लब शंकरपुर र विजयनगर गाउँपालिका को सहयोग मा फाल्गुन १४ गते उद्घाटन भई २८ गते सम्म प्रतियोगिता रहने कुरा खेल संयोजक दुर्गा बहादुर दर्जी ले बताएका छन्। उक्त प्रतियोगिता मा २० टीम सहभागी हुने कुरा आयोजक क्लब अध्यक्ष खिम बहादुर खत्री ले जानकारी गराउनु भएको थियो ।