गृहपृष्ठ खबर फेवातालमा एकैदिन दुई घटना : बिहानै अधिकारी मृत भेटिईन्, मध्यान्ह तालमा खस्दा प्यारापाइलटको मृत्यु

फेवातालमा एकैदिन दुई घटना : बिहानै अधिकारी मृत भेटिईन्, मध्यान्ह तालमा खस्दा प्यारापाइलटको मृत्यु

प्रकाशित मिति:

 

पोखराको फेवातालमा एकैदिन भएका दुई घटनामा परि दुई जनाले ज्यान गुमाएका छन् । आइतबार बिहान फेवातालमा अन्नपुर्ण गाँउपालिका २, ढिकुरपोखरीकी १९ बर्षीया दिव्या अधिकारी मृत भेटिएकी थिइन् ।

त्यस्तै आइतबार पूर्वान्ह नै प्याराग्लाइडिङ फेवातालमा खस्दा अन्दाजी ४० वर्षका विदेशी प्यारापाइलट ईबे सिस जेरको उपचारको क्रममा मृत्यु भयो । पोखरा महानगरपालिका वडा नं. ६ स्थित गौरीघाटमा फेवातालमा तैरिरहेको अबस्थामा दिव्या मृत भेटिएको वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डिएसपी कोमल शाहले जानकारी दिए ।

किनार नजिकै फेवातालमा घोप्टो परेको अवस्थामा अधिकारीको शव भेटिएको हो। नर्सिङ अध्ययनरत अधिकारी सबेरै क्याम्पस जानको लागि घरबाट हिँडेको बताइएको छ । शव भेटिएको ठाँउ नजिकै उनको स्कुटर पनि भेटिएको थियो ।

यस्तै फेब्रुअरी २३ तारिखमा ९ जना साथीसहित प्याराग्लाइडिङ गर्न नेपाल आएका रोमानियाका सिस जेरको सिर्जनाचोकस्थित मेट्रो सिटी अस्पतालमा उपचारका लागी लैजादा डाक्टरले मृत घोषणा गरे।

पूर्वान्ह ११ बजेतिर सराङकोटबाट उडान भरेका उनी ल्याण्ड गर्ने क्रममा ११ बजेर २० हुँदा तालमा खसेका थियो । तालमा खसेका उनको उद्धारका लागि बाराही घाटमा अवस्थित मोटर बोट सहित सशस्त्र प्रहरीको उद्धार टोली पुगेको थियो ।

तालमा खस्दा गम्भिर घाईते भएका उनको मध्यान्ह १२:१० मा मृत्यु भएको हो । हावाको सन्तुलन मिलाउन नसकेर उनी सीधै तालमा खसेको प्रहरीको अनुमान छ । दुवैको शव पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ । घटनाबारे अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।

सम्बन्धित् समाचार