गृहपृष्ठ खेलकुद झापा गोल्डकप : मोरङ एफसीमाथि एपीएफको संर्घषपूर्ण जित

झापा गोल्डकप : मोरङ एफसीमाथि एपीएफको संर्घषपूर्ण जित

प्रकाशित मिति:

झापा गोल्डकप : मोरङ एफसीमाथि एपीएफको संर्घषपूर्ण जित



झापा, १९ फागुन । विभागीय टोली शसस्त्रको एपीएफ क्लब जारी चौथो झापा गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मोरङ ११ एफसीलाई १—० गोलअन्तरले पराजित गर्दै एपीएफले संर्घषपूर्ण जित दर्ता गरेको हो ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आइतबार सम्पन्न प्रतिष्पर्धात्मक खेलमा एपीएफले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । पहिलो हाफको इन्जूरी समयमा एपीएफका हरि कार्कीले गोल गरेका हुन् । खेलमा एपीएफले मोरङबाट खेल्ने खेलाडीका बिरुद्ध आयोजकसमक्ष ‘पोटेक्स’ अपिल गरेपछि खेल २३ मिनेटसम्म रोकिएको थियो ।

खेलमा निर्णायक गोल गर्ने एपीएफका हरि कार्की मेन अफ दी म्याच घोषित भए । उनले नगद १५ हजार रुपैयाँ प्राप्त गरे । सोमबार आयोजक झापा ११ र हङकङ नेप्लिज एकाडेमीबीच खेल हुने आयोजकले जनाएको छ ।

सम्बन्धित् समाचार